काठमाण्डौ । सेयर लगानीकर्ताको ‘महासंघ’ गठनका लागि प्रक्रिया अगाडि बढेको छ। 

काठमाण्डौको कमलपोखरीमा सोमबार भएको लगानीकर्ताको भेलाले महासंघ गठनको प्रक्रिया अगाडि बढाएको छ। यसका लागि छलफल र वार्ता गर्न समिति गठन गरिएको छ। 

सक्रिय लगानीकर्ता तिलक कोइरालाका अनुसार रोहन कार्कीको संयोजकत्वमा वार्ता टोली गठन गरिएको हो। समितिका सदस्यहरुमा सुुवासचन्द्र भट्टराई, केशव कोइराला, नयन बास्तोला, नानीबाबु खरेल र एसपी चौलगाईं छन्।

समितिले महासंघ गठनका लागि हाल दर्ता रहे र नरहेका लगानीकर्ताका संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरुसँग छलफल र वार्ता गर्नेछ। 

महासंघ निर्माणका लागि सबै संघसंस्थाका अध्यक्षहरुलाई सहमति गराएपछि अर्को भेलाबाट महासंघको नाम र कार्यसमिति घोषणा गर्ने सहमति भएको कोइरालाले जानकारी दिए।