काठमाण्डौ । सेयर लगानीकर्ता अर्जुनबहादुर थापाले म्याग्दीको धौलागिरी गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन्।
आफ्ना स्वर्गीय बुवा–आमाको सम्झानामा स्थापित चन्द्रलोक शैक्षिक कोषबाट थापाले ती विद्यालयका १६० जना विपन्न, अनाथ र जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका हुन्। समाजसेवीका रुपमा पनि परिचित थापाले सोही गाउँपालिकाका बासिन्दा हुन्।
थापाले विगत १२ वर्षदेखि ‘क्विक ब्लड सेन्टर’ स्थापना गरेर ४३ पटक रक्तदान कार्यक्रम पनि सञ्चालन गरिसकेका छन्। थापाले हालसम्म ५ हजारभन्दा बढी बिरामीको स्वाथ्योपचारका लागि आवश्यक रगत निःशुल्क र सहजीकरण प्रदान गरेका छन्।
यसका साथै थापाले विदेश पठाइने भन्दै दलालमार्फत ठगिएका देशका विभिन्न ठाउँका व्यक्तिहरुको उद्धारका लागि सहजीकरण गर्दै आएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19