काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक भएपछि सेयर बजारमा लगातार गिरावट आइरहेको छ। 

आज नेप्से इन्डेक्स ८.११ अंकले घटेर २१५६ विन्दुमा कायम भएको छ। सेन्सेटिभ इन्डेक्स २.०५ अंक र फ्लोट इन्डेक्स ०.४७ अंकले घटेको छ। 

मार्केट घटेसँगै कारोबार रकमसमेत घटेर २ अर्ब ४३ करोड रुपैयाँमा सीमित हुन पुगेको छ। नेप्सेमा रहेका १३ उपसूचक समूहमध्ये फाइनान्स, म्युचुअल फन्ड र अन्य इन्डेक्समा हरियाली छाएको छ भने बाँकी सबै राताम्य भएका छन्। 

बुधबार लाइफ इन्स्योरेन्स इन्डेक्स ०.२३ प्रतिशत र नन–लाइफ इन्स्योरेन्स इन्डेक्स ०.७५ प्रतिशतले घटेको छ। दुवै बीमा उपसूचक घट्दा बीमा कम्पनीहरुमध्ये आज ३ वटा कम्पनीको सेयरभाउमात्रै बढेको छ। 

बीमा कम्पनीमध्ये आज नेपाल पुनर्बीमा कम्पनीको सेयरभाउ सर्वाधिक १.७७ प्रतिशतले बढेर ८०५ रुपैयाँमा पुगेको छ। सेयरभाउ बढेसँगै यो कम्पनी आज टप १० टर्नओभर कम्पनीको लिस्टमा परेको छ। कम्पनीको ८ करोड ९३ हजार रुपैयाँको कारोबार भएको छ। 

त्यस्तै सानिमा जीआईसी इन्स्योरेन्सको सेयरभाउ १.०८ प्रतिशतले बढेर ६४६ रुपैयाँ कायम भएको छ भने एलआईसी नेपालको ०.७१ प्रतिशतले बढेर सेयरभाउ १५६१ रुपैयाँ पुगेको छ। 

बीमा कम्पनीहरुमध्ये आज सर्वाधिक गुमाउनेमा नेपाल इन्स्योरेन्स रहेको छ। यो कम्पनीको सेयरभाउ १.८५ प्रतिशतले घटेर ७९५ रुपैयाँमा कायम भएको छ। 

त्यस्तै सलिकोको १.४५ प्रतिशतले घटेर सेयरभाउ ७४९ रुपैयाँमा कायम भएको छ भने नेसनल लाइफको १.१५ प्रतिशतले घटेको छ। 

यसका साथै युनाइटेड अजोडको १.१५ प्रतिशत, प्रभु इन्स्योरेन्सको १.०६ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.९९ प्रतिशत, हिमालयन एभरेस्टको ०.९६ प्रतिशत, हिमालयन लाइफको ०.९६ प्रतिशत, शिखर इन्स्योरेन्सको ०.९३ प्रतिशत, राष्ट्रिय बीमा कम्पनीको ०.९० प्रतिशत, एनएलजीको ०.३३ प्रतिशत, सूर्यज्योति लाइफको ०.१६ प्रतिशत, आईजीआई प्रुडेन्सियलको ०.०४ प्रतिशत, नेको इन्स्योरेन्सको ०.०३ प्रतिशत र एसियन लाइफको ०.०१ प्रतिशतले सेयरभाउ घटेको छ। 

आज टप टर्नओभर हुने टप १० कम्पनीमा दुई वटा बीमा कम्पनीमात्रै परेका छन्। नेपाल पुनर्बीमा कम्पनीको ८ करोडमाथिको कारोबार भएको छ भने हिमालयन लाइफको ६ करोड माथिको कारोबार भएको छ।