काठमाण्डौ । सेयर बजारमा आज हरियाली छाएको छ। नेप्से इन्डेक्स २९.४७ अंकले बढेर २०४५ विन्दुमा कायम हुन पुगेको छ। नेप्से परिसूचक बढेसँगै आज सेयर बजारमा डेढ अर्बको कारोबार भएको छ। 

नेप्सेमा रहेका १३ वटै उपसूचक वृद्धि भएको छ। जीवन बीमा उपसूचक २.५१ प्रतिशत र निर्जीवन बीमा उपसूचक २.१६ प्रतिशतले बढ्न पुगेको छ। 

बीमा समूहका २ वटै उपसूचक बढ्दा आज बीमा कम्पनीहरुमध्ये सर्वाधिक एलआईसी नेपालको सेयरभाउ ५.२६ प्रतिशत अर्थात् ७४ रुपैयाँले बढेर १४८१ रुपैयाँ पुगेको छ। 

त्यस्तै दोस्रोमा सानिमा जीआईसीको सेयभाउ ४.०१ प्रतिशत, सानिमा रिलायन्स लाइफको ३.६३ प्रतिशत, युनाइटेड अजोडको ३.६२ प्रतिशत, नेसनल लाइफको ३.२१ प्रतिशत, नेपाल इन्स्योरेन्सको ३.०८ प्रतिशत, सूर्यज्योति लाइफको २.९४ प्रतिशत, एसियन लाइफको २.७६ प्रतिशत, सिद्धार्थ प्रिमियरको २.७१ प्रतिशत, प्रभु इन्स्योरेन्सको २.३६ प्रतिशत, आईजीआई प्रुडेन्सियलको १.९६ प्रतिशत, शिखरको १.९५ प्रतिशत, एनएलजीको १.८२ प्रतिशत, हिमालयन लाइफको १.८२ प्रतिशत, हिमालयन एभरेस्टको १.७० प्रतिशत, नेपाल लाइफको १.४३ प्रतिशत, नेपाल पुनर्बीमाको १.४१ प्रतिशत, सलिकोको १.४० प्रतिशत, नेकोको ०.५७ प्रतिशत र आइएमई लाइफको ०.५४ प्रतिशतले बढेको छ। 

आज टप १० टर्नओभरको लिस्टमा ५ वटा बीमा कम्पनी परेका छन्। बीमा कम्पनीमध्ये आज सर्वाधिक कारोबार हुने आइएमई लाइफ रहेको छ। कम्पनीको ५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ। 

त्यस्तै एसियन लाइफको ४ करोड ३६ लाख रुपैयाँ, हिमालयन लाइफको ३ करोड ८२ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफको ३ करोड ६४ लाख रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सको २ करोड ९२ लाख रुपैयाँ माथिको कारोबार भएको छ।