काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्सले सेयर खरिदबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ। 

कम्पनीले हाल कामय सेयरधनीहरुलाई १ः०.२ अनुपातमा सेयर बिक्रीको स्वीकृति पाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ७ लाख कित्ता सेयरबापतको रकम जम्मा गर्न कम्पनीले आफ्ना सेयरधनीहरुलाई आग्रह गरेको छ। 

सेयर खरिदबापतको रकम जम्मा गर्न कम्पनीले ३५ दिनको समयसीमा तोकेको छ। 

यो अवधिमा रकम जम्मा नगरेको खण्डमा वा सेयर बिक्री गर्ने हक अरुलाई बिक्री वा हस्तान्तरण नगरेमा कम्पनीको सञ्चालक समितिले निर्णय गरेरबमोजिम अन्य व्यक्ति वा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले स्पष्ट पारेको छ।