काठमाण्डौ ।म्युचुअल फण्डहरुले सूचीकृत सेयरमा लगानी बढाएका छन् ।
फण्डहरुले सार्वजनिक गरेको मंसिर महिनाको वित्तीय विवरण अनुसार सबै फण्डले सेयर बजारमा लगानी बढाएका छन् ।
गत कात्तिक महिनाको तुलनामा म्युचुअल फण्डहरुले मंसिर महिनामा औसतमा ९.८६ प्रतिशतले लगानी बढाएका छन् । कात्तिकमा ४२ वटा म्युचुअल फण्डले सूचीकृत सेयरमा २४ अर्ब ६७ करोड ४८ लाख रुपैयाँ लगानी गरेका थिए ।
मंसिरमा म्युचुअल फण्डहरुको यस्तो लगानी ३ अर्ब रुपैयाँले बृद्धि भई २७अर्ब १० करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
पछिल्लो समय सेयर बजारमा एकाएक सुधार देखिन थालेसँगै म्युचुअल फण्डहरुले पनि लगानीको दायरा बढाएका छन् । फण्डहरुले नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा सूचीकृत भएका कम्पनीहरुमा लगानी बढाउँदा कम्पनीहरुको सेयरभाउ समेत बढ्न पुगेको छ ।
गत मंसिरमा त्यस्ता योजनाहरुले लगानीको दायरा बढाउनुका साथै नोक्सानीसमेत घटाएको देखिन्छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि सेयर बजार बढ्दा सबै फण्डहरुको प्रतिइकाई सम्पत्तिमूल्य (न्याभ) समेत बढेको छ ।
गत मंसिर महिनामा सबैभन्दा बढी सूचीकृत सेयरमा लगानी गर्ने एनआईबिएल सहभागिता फण्ड छ । उक्त फण्डले सो महिनामा १ अर्ब ५६ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेको छ ।
त्यस्तै, एनएमबि सरल बचत फण्डले पनि सो अवधिसम्ममा १ अर्ब ९ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । यसका साथै सिद्धार्थ इक्विटी फण्डले १ अर्ब करोड र सानिमा इक्विटी फण्डले १ अर्ब ७ करोड रुपैयाँ लगानी गरेको छ । ४२ वटा म्युचुअल फण्डमध्ये चार वटा फण्डको सेयरबजारमा लगानीको सीमा १ अर्ब रुपैयाँ नाघेको छ ।
सेयर बजारमा लगानी कुनले कति बढाए ?
कात्तिक महिनाको तुलनामा सबै म्युचुअल फण्डहरुले लगानीको दायरा बढाएका छन् । सो अवधिसम्म सबैभन्दा बढी हिमालयन ८०–२० ले ७३.१२ प्रतिशतले लगानी बढाएको छ ।
साथै एनआईबिएल सहभागिता फण्डले २४.२३ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्टग्रोथ स्किम –३ ले १९.६३ प्रतिशत, आरबिबिम्युचुअल फण्ड–२ ले १६.२३ प्रतिशत, एनएमबि सरल बचत फण्ड–ई ले १५.६० प्रतिशत, सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १४.५८ प्रतिशत, एनआईसी एशिया डायनामिक डेब्ट फण्डले १३.८३ प्रतिशतले लगानी बढाएका छन् ।
त्यस्तै, सबैभन्दा कम भने सिटिजन्स म्युचुअल फण्ड–१ ले ३.५१ प्रतिशत र शुभलक्ष्मी कोषले २.८० प्रतिशतले मात्रै लगानी बढाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19