काठमाण्डौ । हकप्रद र बोनस सेयरको आधार मूल्यमै पूँजीगत लाभकर असूल्ने आन्तरिक राजश्व विभागको परिपत्रको कांग्रेस विरोध गरेको छ । 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्वीट गर्दै नाफाघाटा टुंगो हुनुअघि नै कर तिर्नुपर्ने व्यवस्थालाई ‘सेयर मार्केटमा पसेको जनवादी बौद्धिकता’को संज्ञा दिएका छन् । 

‘यो नीतिले समृद्धिको यात्रालाई किमार्थ सघाउ पुर्याउदैन ।’ उनले भनेका छन्–‘खारेज गरियोस् ।’ 

सेयर लगानीकर्ता आधार मूल्यमै पूँजीगत लाभकर लगाउने सरकारी व्यवस्थाको विरुद्धमा सोमबारदेखि आन्दोलनमा छन् । उनीहरुले मंगलबारदेखि भने सेयर कारोबार ठप्प पारी आन्दोलनलाई अगाडि बढाएका छन् ।