Author
►भरत पौडेल
कुनै पनि देशको पुँजीबजारले समग्र देशको अर्थतन्त्रलाई प्रतिबिम्बित गर्दछ । पुँजीको सही परिचालन हुन सकेको खण्डमा मात्र बिकासले निश्चित गति लिन सक्दछ ।
नेपालको सन्दर्भमा पुँजी बजार र अर्थतन्त्र बीच त्यति तादम्यता मिलेको पाइन्न । विश्व बैंकले पछिल्लो समय निकालेको प्रतिबेदनलाई आधार मानेर हेर्दा चालु आर्थिक बर्षमा एक प्रतिशतको वृद्धिदर हासिल गर्न मुश्किल पर्ने देखिन्छ भने अर्कोतर्फ बिभिन्न अस्थिरताहरुको बाबजुद अर्थतन्त्रको बास्तबिक ऐना मानिने सेयर बजार नयाँ रेकर्डहरु कायम गर्ने क्रम सँगै ऐतिहासिक छलाङ मार्दै अगाडि बढेको छ ।
जुन देशमा चरम बेरोजगारी, राजनीतिक अस्थिरता, भूकम्प लगायतका प्राकृतिक प्रकोपले आर्थिक क्रियाकलापहरु सहज रुपले अगाडि बढ्न नसकेको अवस्था छ, त्यहँको पुँजीबजार यो स्तरमा माथि उक्लनु त्यति समय सान्दर्भिक मानिँदैन ।
बर्तमान अवस्थामा बैंक तथा बित्तीय संस्थाहरुले पुँजीबजारको दुई तिहाइ भन्दा बढी भाग ओगटेका छन् । आम जनताको जिबिकोपार्जन, बैदेशिक रोजगारी तथा रियलस्टेट लगायतका गैरउत्पादनशील क्षेत्रमा बित्तीय संस्थाहरुको लगानी अत्यधिक परिचालन हुनु तथा उत्पादनशील क्षेत्रमा संस्थागत लगानीकर्ताहरु आकर्षित हुन नसक्नुले अर्थतन्त्र सँग पुँजीबजारको सम्बन्ध बिपरीत जस्तो देखिन पुगेको छ ।
यसैगरी, पुँजीबजारमा वास्तबिक क्षेत्रहरुको निर्माण हुनु अर्को महत्वपूर्ण आवश्यकता हो । रियल सेक्टरको बजारमा नेतृत्वदायी प्रतिनिधित्व हुन नसक्नु नै अहिलेको स्थिति देखापर्नुको अर्को प्रमुख कारक मान्न सकिन्छ ।
वास्तबिक क्षेत्रहरु सडक, पुल, कलकारखाना, अस्पताल, स्कूल, यातायात, जलबिद्युत, संचारसँग सम्बन्धित संस्थाहरुलाई पुँजीबजारमा आकर्षित गर्न राज्यको तर्फबाट ऐन नियमहरुमा समयानुकुल संसोधन गरी एनसेल, सिजी ग्रुप लगायतका कम्पनीहरुलाई यस क्षेत्रमा समाबेश गर्न सकिएको खण्डमा यी संस्थाहरुमा बित्तीय अनुशासन कायम गर्न सजिलो हुनुको साथै देशको समग्र आर्थिक क्रियाकलापहरुको बास्तबिकता पुँजीबजारमा प्रस्ट सँग चित्रित हुने आधार तय हुनसक्ने थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19