►भक्तराज रसाइली
काठमाण्डौं । साउन १ गतेदेखि सुरु अनलाइन सेयर कारोबार प्रणालीको परीक्षणकालले लगानीकर्ताको ध्यान अझै खिच्न सकेको छैन । लगानीकर्ताहरु अनलाइन कारोबार प्रणालीको परीक्षणप्रति खासै सन्तुष्ट पनि देखिँदैनन् ।
अनलाइन कारोबार प्रणालीको परीक्षणमा सहभागी हुनलाई नेप्से तथा अन्य सरोकारवालाले लगानीकर्तालाई पटक–पटक आग्रह गरे पनि ब्रोकर अफिसमा गएर यूजर नेम र पासवर्ड लिने लगानीकर्ताको संख्या निकै न्यून छ ।
सेयर कारोबारमा विद्यमान सेमीअनलाइन वा युजर नेम र पासवर्ड लिई अर्डर हेर्न मिल्ने प्रणालीका बारेमा स्थलगत रिपोर्ट बनाउँदा एकादुईले बाहेक अधिकांश लगानीकर्ताले उत्साह नरहेको जिकिर गरे ।
कालिका सेक्युरिटिजकी कर्मचारी रमा पाठक भन्छिन्–‘क्लाइन्ट खुशी छैनन्, अर्डर हेर्ने मात्र भएकाले निराशाजनक सहभागिता छ। हालसम्म हाम्रोबाट ५५ जनाले मात्र यूजर र नेम र पासवर्ड लिएका छन् । यो भनेको करिब ५ प्रतिशत पनि होइन।’
त्यसैगरी, एशियन सेक्युरिटिजका राजकुमार खत्रीका अनुसार क्लाईन्टको आकर्षण बढ्दै गएको र टेस्टिङ्ग फेज भएकाले लगानीकर्तालाई अभ्यस्त बनाउन सकस भइरहेको बताए । तर, उनले बजार ओपन क्राइबाट अहिलेको अवस्थामा आएको उल्लेख गर्दै पूर्ण अनलाइन आएपछि बजारमा तरङ्ग आउने आशा व्यक्त गरे ।
त्रिशुल सेक्युरिटिजका सुमन कँवरले भने–‘सुरुमा यसको आफ्नै क्रेज रहेको थियो, जिज्ञासु बनेर ३ सय जना जतिले युजर नेम र पासवर्ड पनि लैजानु भयो । सेमी अनलाइन भएकाले खासै ध्यान खिच्न सकेन, बरु फ्लोरमै फोन गर्न सजिलो भएको लगानीकर्ताहरुको अनुभव छ । कुरा अनुसारको काम भएन भन्ने गुनासो आम लगानीकर्ताहरुले बुझे ।’
सोही ब्रोकर अफिसमा भेटिएका ज्येष्ठ नागरिक लगानीकर्ता भन्दै थिए–‘अब बजारको नियामक निकायमा पनि अर्को कुलमान चाहियो ।’
ब्रोकर नं. ५० का कृष्णजंग थापाले बिजशालासँग भने–‘३०० जनाले मात्र युजर नेम र पासवर्ड लिए, क्लाइन्टले यो प्रणालीलाई चासोसाथ हेरिरहेका छन् र यो क्रम बढ्दो क्रममा छ ।’
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19