काठमाण्डौ । दशैंको घटस्थापनाको दिन नेप्से परिसूचक स्थिर देखिएको छ । सेयर बजारलाई समेत अब दशैंको रौनकले छुन थालेको स्थिर परिसूचक र न्यून कारोबारले देखाएको छ ।
यो दिन बजार ०.४ अंकले बढेको हो । यो दिन दुई समूहको परिसूचकमा सामान्य बढोत्तरी भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेका छन् ।
बैंकिङ समूह २.३८ अंकले बढेको यो दिन उत्पादनमूलक समूहमा ६.१५ अंकको बढोत्तरी भयो ।
होटल समूह ६.७३ अंकले घट्यो भने विकास बैंक समूह ३.८ अंक, जलविद्युत समूह ५.६१ अंक, बित्त समूह २.२२ अंक, निर्जीवन बिमा समूह ५.०९ अंक, माइक्रोफाइनान्स समूह ५.९३ अंक, जीवन बिमा समूह १.१८ अंक र अन्य समूह १.४५ अंकले घटे ।
यो दिन ‘क’ वर्गका कम्पनीहरुमा सामान्य खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.१९ अंकले बढेको छ । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.०२ अंकले बढ्यो ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६२ कम्पनीका ८ लाख ५६ हजार १ सय ८७ कित्ता सेयर २२ करोड ६५ लाख २४ हजार ६ सय ४७ रुपैयाँमा कारोबार भयो ।
यो दिन सानिमा माई हाइड्रोपावरले सबैभन्दा बढी ३ करोड ४२ लाख बढीको कारोबार गर्यो । यस्तै, माछापूच्छे बैंकले १ करोड ६० लाख बढीको कारोबार गरेको यो दिन चिलिमे हाइड्रोले १ करोड ८ लाख, नाडेप लघुवित्तले ७८ लाख, एनआइसी एशिया बैंकले ७२ लाख, नेपाल टेलिकमले ६७ लाख, प्रभू बैंकले ६६ लाख, सिभिल बैंकले ५८ लाख, मेगा बैंकले ५६ लाख र जनता बैंकले पनि ५६ लाख बढीको कारोबार गरे ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा मेगा बैंक र प्रभू बैंकका लगानीकर्ताले धेरै कमाए । मेगा बैंकको सेयर मूल्य ३.११ प्रतिशतले बढ्यो भने प्रभू बैंकको मूल्य ३.०८ प्रतिशतले वृद्धि भयो ।
यो दिन सिटी एक्सप्रेस फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्यमा ५.४५ प्रतिशतको गिरावट देखियो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago