काठमाण्डौ । सेयर लगानीकर्ताको नयाँ संगठन जन्मिएको छ ।
स्वतन्त्र लगानीकर्ता दवाब समूहको नाममा रिले र आमरण अनसन बसी लगानीकर्तामाझ चर्चा कमाएका युवाहरुको नेतृत्वमा 'सेयर लगानीकर्ता दवाब समूह' नामको संगठन स्थापना भएको हो ।
लगानीकर्ताहरुको शुक्रबार भृकुटीमण्डपमा भएको भेलाले लगानी दवाब समूहको नाममा संगठन दर्ता गर्ने निर्णय गरेको हो ।
शुक्रबार नै संगठनको तदर्थ समिति समेत बनेको छ । आमरण अनसन लगायत केही समयअघि भएको लगानीकर्ताको आन्दोलनको नेतृत्व गरेका हरि ढकाल अध्यक्ष रहने गरी नयाँ संगठनको जन्म भएको हो ।
यो समूहको वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र अग्रवाल, प्रथम उपाध्यक्षमा सुष्मा ढुंगाना, द्वितीय उपाध्यक्षमा गोपीकृष्ण थापा, तृतीय उपाध्यक्षमा देवेन्द्र शुक्ल, महासचिवमा नयन बास्तोला, सचिवमा गोपाल स्वामी, सहसचिव पुरुषोत्तम सापकोटा, कोषाध्यक्षमा अप्सरा खनाल चयन भएका छन् ।
सदस्यहरुमा सुनिल बस्नेत, सुशीला थपलिया, गणेश उप्रेती, दीपक पाण्डे, रामभक्त गिरी, गोविन्द प्रसाद पन्त चयन भएका छन् ।
समितिको वरिष्ठ सल्लाहकारमा तिलक कोइराला चयन भएका छन् भने सल्लाहकारहरुमा पूजा भट्टराई, ओम लामिछाने, निरञ्जनराज पाण्डे र नवराज उप्रेती चयन भएका छन् ।
यो समूहले ६ महिनाभित्रमा साधारणसभा गरी निर्वाचनबाट कार्यसमिति चयन गर्ने समेत घोषणा गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago