काठमाण्डौ । हिमालयन डिस्टीलरी लिमीटेडका कारण कारोबार रकम ६२ करोड माथि पुगे पनि नेप्से परिसूचक भने १.१४ अंकले घटेको छ ।
नेप्से परिसूचक १२५७.१५ को विन्दूमा समेटिएको यो दिन ७ समूहको उपसूचक घटेको छ भने चार उपसमूहको सूचक बढेको छ ।
बजारमा असार मसान्तको दवाब देखिन्छ । आर्थिक वर्षको अन्तमा कर तिर्न तथा वर्षका लागि लक्षित नाफा बुक गर्ने उद्देश्यले लगानीकर्ताले सेयर बिक्री बढाउँदा बजारमा दवाब परेको हो ।
यो दिन सेन्सेटिभ इण्डेक्स ०.३५ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.०६ अंकले घटेको छ ।
बैंकिङ समूह ०.७२ अंकले बढेको यो दिन होटल समूह १८.०८ अंकले बढेको छ भने बित्त समूह ३.४३ अंक र अन्य समूह २.७१ अंकले बढेको छ।
विकास बैंक समूह २.६७ अंकले घटेको छ भने जलविद्युत समूह २.०७ अंक, निर्जीवन बिमा समूह १०१.३५ अंक, जीवन बिमा समूह २२.७४ अंक, माइक्रोफाइनान्स समूह १.६३ अंक, म्युचुअल फण्ड समूह ०.०१ र उत्पादन तथा प्रशोधन समूह १०.६१ अंकले घटेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन १७२ कम्पनीका १८ लाख ५४ हजार ६७६ कित्ता सेयर ६२ करोड ७९ लाख ८ हजार ८१२ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन हिमालयन डिस्टीलरीले सबैभन्दा बढी १४ करोड ९७ लाख बढीको कारोबार गरेको छ ।
नेपाल बैंकले ५ करोड ६५ लाख बढीको कारोबार गरेको यो दिन प्रभू बैंकले ३ करोड ११ लाख, शिवम सिमेन्टले २ करोड ९९ लाख, सिद्धार्थ बैंकले २ करोड ५५ लाख बढीको कारोबार गरेका छन् ।
गोर्खाज फाइनान्सको १ करोड ८१ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा सिभिल बैंकले १ करोड १३ लाख, नवील बैंकले १ करोड ३ लाख, एनआइसी एशियाले १ करोड १ लाख र एभरेष्ट बैंकले ९८ लाख बढीको कारोबार गरेको छ ।
धेरै कमाउने र गुमाउने कम्पनी
योे दिन मल्टिपर्पस फिनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.१५ प्रतिशतले बढेको छ ।
आइएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ५ प्रतिशतको हाराहारीमा घट्यो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago