काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमो तेहेरो अंकको उछाल आएको छ।
बजार आज १०५.५५ अंकले उकालो लागेको हो। योसँगै २८८५.५३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले बढेर ५३८.५३ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ६ अर्ब रुपैयाँ बढीको भएको छ।
सरकारले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने भएसँगै सेयर बजारमा यसको सकारात्मक प्रभाव परेको विश्लेषकहरु बताउँछन्। लामो समयदेखि अन्यौलमा रहेको निर्वाचनको मिति तोकिँदा राजनीतिक अस्थिरताको चिन्ता हट्ने, निर्वाचनकै नाममा भए पनि सरकारी ढुकुटीमा खर्च हुन नसकेर थुप्रिएको बजेट बजारमा आउने वा अनौपचारिक च्यानलमा रहेको पैसा पनि प्रणालीमा आइपुग्ने र त्यसले तरलता सहज भई ब्याजदरसमेत घट्ने भएकाले लगानीकर्ताको मनोबल बलियो बनेको उनीहरुको बुझाइ छ।
पुँजीबजार दबाब समूहमा महासचिव नयन बास्तोला आज बजार स्थानीय तहको निर्वाचन हुने पक्काजस्तै भएकोले बढेको बताउँछन्। ‘योसँगै प्राविधिक रुपमा सपोर्ट लेभलबाट बजार फर्किएको छ’, उनले भने, ‘यसले बजार मजबुत भएको बुझिन्छ।’
बजारको बढाइको दिगोपनका लागि केही दिन बजार चाल हेर्नैपर्ने बास्तोला बताउँछन्। ‘आजको बजारलाई हेर्दा लगानीकर्ताको मनोबल बलियो बनेको देखिन्छ’, उनले भने।
अब नकारात्मक समाचार केही नभएकोले बजारले गति लिने सक्ने बास्तोलाले बताए। ‘विस्तारै तरलता पनि सहज हुँदै जान्छ किनकि हामीले भन्दै आएको अफ सिर्जन पनि सकिन लाग्यो’, उनले भने, ‘भोलिको कारोबारबाट बजार दिशा प्रस्ट हुनेछ।’
शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट गत साता जुन कारणले बजार घटेको थियो, आज त्यसैको सकारात्मक खबरले बजार बढेको बताउँछन्। ‘प्रायः चुनावको बेला सेयर बजार बढेको छ’, उनले भने, ‘किनकि हाम्रो देशमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र ठूलो छ।’
चुनाव भएमा प्रजातन्त्रिक पार्टीले चुनाव जित्ने आशाले पनि अब लगानीकर्ताले लगानी बढाउन सक्ने बिष्टको तर्क छ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ६.६५ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ६.३६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.६० प्रतिशत, वित्त समूहमा ६.३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.५८ प्रतिशत, जलविद्युत समूहमा ५.६३ प्रतिशत, जीवन बीमा समूहमा ३.४० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७२ प्रतिशत, लघुवित्त समूहमा ३.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.३६ प्रतिशत, अन्य समूहमा ३.८७ प्रतिशत र व्यापार समूहमा ४.९८ प्रतिशतको बढोत्तरी आएको छ।
धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रुपैयाँमा किनबेच भएका छन्।
आज अपी पावरको सर्वाधिक २६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २३ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको २३ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख रुपैयाँ, अप्पर तामाकोशीको १४ करोड ११ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरको १३ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ४४ लाख रुपैयाँ, निफ्राको १२ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २८ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
धेरै कमाउने र धेरै गुमाउने
आज ५ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। यो दिन विन नेपाल लघुवित्त, लिबर्टी इनर्जी, शिवश्री हाइड्रो र निफ्राको सेयरभाउमा १० प्रतिशत तथा बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयरभामाउ १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन अरुण भ्याली हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।
आज मैलुङखोला जलविद्युतका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ०.१७ प्रतिशतले ओरालो लागेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago