१. मोटोपना बढाउँछ
अमेरिकामा ३ वयस्कमध्ये २ जना र ३ बालबालिकामध्ये १ जना मोटोपनाको समस्याबाट पीडित छन् । अध्ययनअनुसार हल्का पेयपदार्थ तथा अन्य चिनीजन्य पेय मोटोपनाको मुख्य कारक हुन् । अर्को अध्ययनमा जुन बालबालिकाले दैनिक १२ औंस थप सोडा प्रयोग गर्छन्, तिनीहरु २ वर्षभित्र मोटो हुने सम्भावना ६० प्रतिशत हुन्छ । यस्तो हुनुको कारण सोडामा हुने बढी क्यालोरी नै हो । एउटा सोडाको क्यानमा १ सय ५० क्यालोरी पाइन्छ । सोडा खाने बानी लागेकाहरु दैनिक ४ सय क्यालोरी लिन्छन् । त्यसैले सोडाको साटो पानी प्रयोग गर्न सकिन्छ ।

२. मधुमेह निम्त्याउँछ
सोडासँग जोडिएको अर्को रोग मधुमेह हो । सोडा सेवन गर्नेहरुलाई टाइप टु मधुमेह हुने सम्भावना हुन्छ । यस्तो अवस्थामा इन्सुलिनको अभावमा शरीरले चिनी ग्रहण गर्न सक्दैन । रगतमा चिनीको मात्रा बढ्छ । टाइप टु मधुमेहमा भोक तथा तिर्खा बढी लाग्ने र बारम्बार पिसाब लाग्ने समस्या देखा पर्छ । मधुमेहलाई व्यवस्थापन गर्न सकिएन भने हृदयाघात, मिर्गौला फेल तथा अन्धोपनालगायतका समस्या देखा पर्न सक्छन् ।

३. दन्तरोग लाग्छ
सोडाले दाँतमा सडन उत्पन्न गराउँछ र ब्याक्टेरियाका कारण दाँत झर्ने सम्भावना पनि हुन्छ । पारखीले सोडा उपभोग गरिसकेपछि मुख सफा गर्दैनन् । सोडामा अम्लीयपनाले दाँतलाई हानि पु¥याउँछ । यसबाट दाँत दुख्ने, गिजा सुन्निने र खान अप्ठ्यारो हुनेजस्ता समस्या देखा पर्छन् । सुरुको अवस्थाको सामान्य दन्त सडनपछि गएर दाँत झर्ने अवस्थासम्म पुग्न सक्छ । चिनीको मात्रा बढी हुने भएकाले सोडाले ब्याक्टेरियालाई फैलन मद्दत गर्छ । केही ब्याक्टेरियाले दाँतको सतहमा हानि पु¥याउँछन् र भित्रको नरम कोषिकासम्म पुग्छन् ।

४. मिर्गौला फेल हुन सक्छ
दैनिक दुईपटकभन्दा बढी सोडा सेवन गर्नेहरुमा मिर्गौला फेल हुने खतरा नगर्नेमा भन्दा उच्च हुन्छ । सामान्य सोडाभन्दा कर्न सिरपको उच्च फ्रुक्टोजद्वारा गुलियो बनाइएको सोडा बढी हानिकारक मानिन्छन् । अमेरिकन सोसाइटी अफ नेफ्रोलोजीमा प्रस्तुत गरिएको अध्ययनअनुसार दैनिक २ पटक डाइट सोडा उपभोग गर्ने महिलामा मिर्गौलाको कार्यक्षमता ३० प्रतिशतले घटेको पाइएको थियो ।

५. मुटु पोल्ने समस्या निम्त्याउँछ
सोडाले ‘पाइरोसिस’ को समस्या पनि उत्पन्न गराउँछ, यसलाई बोलीचालीको भाषामा ‘मुटु पोल्ने’ पनि भनिन्छ । आधाभन्दा बढी अमेरिकीले शरीरको कुनै न कुनै भागमा यस्तो अनुभूति गर्छन् । यो कुनै गम्भीर समस्या नभए पनि यसले शरीरलाई असहज भने बनाउँछ । मुटु पोल्ने समस्या अन्य रोगका कारण पनि सिर्जित हुन सक्छन् ।

६. हड्डीको रोग लाग्छ
वृद्ध उमेरमा निस्कने हड्डीको रोग हो ओस्टिओपोरोसिस । यसले हड्डी कमजोर बनाउँछ र भाँचिने सम्भावना हुन्छ । कुनै हड्डी नभाँचिएसम्म यो रोग पत्ता लाग्दैन । यो समस्या बढी महिलामा देखिएको छ । सोडाको नियमित उपभोगले ओस्टिओपोरोसिस भएका घटना छन् ।

७. हाइपर टेन्सनको समस्या निम्तिन्छ
अमेरिकन हर्ट एसोसिएसनका अनुसार हरेक ३ वयस्कमध्ये १ जनामा हाइपर टेन्सनको समस्या हुने गरेको छ । यो सोडासँग सम्बन्धित दीर्घ समस्या हो । हाइपर टेन्सनलाई समयमै व्यवस्थापन गर्न सकिएन भने हृदयाघात र मस्तिष्काघात निम्तने खतरा हुन्छ । सन् २०११ मा गरिएको अध्ययनले सोडाको उपभोगमा आएको कमीले उच्च रक्तचापमा पनि कमी आएको पाइएको थियो ।

८. कलेजोमा क्षति पु¥याउँछ
मादक पदार्थले कलेजोमा क्षति पु¥याउँछ भन्ने सबैलाई थाहा छ । तर सोडाजस्ता अल्कोहल नभएका पेयले पनि कलेजोमा क्षति पु¥याउँछ भन्नेचाहिँ कमैलाई थाहा छ । हालै भएका अध्ययनले सोडाको नियमित उपभोगले फ्याट्टी लिभर डिजिज (एफएलडी) निम्त्याउँछ भन्ने पत्ता लागेको थियो । यो रोग लाग्दा शरीरले चिल्लो पदार्थ ग्रहण गर्न सक्दैन । जसको परिणाम चिल्लो पदार्थ कलेजोका कोषमा जम्मा हुन्छ ।

९. मुटु रोग लाग्न सक्छ
सोडाजस्ता चिनीजन्य पेय पदार्थ मुटु रोगका कारक हुन सक्छन् । एक अध्ययनमा दैनिक एउटा क्यान सोडा उपभोग गर्ने मानिसमा हृदयाघात हुने सम्भावना २० प्रतिशत भएको पाइएको थियो । अर्को अध्ययनमा पनि सोडा उपभोग र महिलामा हुने हृदयाघातमा पनि यस्तै खालको सम्बन्ध भएको पाइएको थियो ।

१०. क्यान्सर लाग्न सक्छ
सोडाजस्ता हल्का पेयले क्यान्सर पनि निम्त्याउन सक्ने अध्ययनहरुले देखाएका छन् । क्यान्सर सयभन्दा बढी प्रकारका हुन्छन् । सिंगापुरमा गरिएको एक अध्ययनले कार्बोनेटेड पेय पदार्थ सेवन र प्याङ्क्रियाटिक  क्यान्सरमा सम्बन्ध रहेको पाइएको थियो ।

-Agency