काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्य लगातार चौथो दिन पनि घटेको छ ।
साताको चौथो कारोबार दिन बुधबार पनि कारोबार शुरु भएदेखि नै कम्पनीको सेयरमूल्य घट्ने क्रममा उतारचढाव आइरहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको सेयरमूल्य ६.२७ प्रतिशतले मात्र घटेको छ ।
यसअघिका कारोबार दिनमा भने कम्पनीको सेयरमूल्य १० प्रतिशतले निरन्तर घटिरहेको थियो । अहिले कम्पनीको सेयरमूल्य २३९.२० रुपैयाँमा कारोबार भइरहेको छ ।जुन मूल्य आईपीओ निष्कासन गरिएको मूल्यभन्दा कम भने हो ।कम्पनीले प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २३७.५८ मा आईपीओ निष्कासन गरेको थियो ।
उक्त कम्पनीको पहिलो कारोबार ओपनिङ सेसनमा गत आइतबारबाट प्रतिकित्ता ३५० रुपैयाँमा शुरु भएको थियो ।
यो दिन भने कम्पनीको सेयरमा खरीदकर्ताहरु आएका छन् । बिक्री चाप भने कम छ ।मार्केट डेप्थमा हेर्दा कम्पनीको सेयरमा ६ हजार १४९ कित्ता सेयर बिक्री अर्डर रहेको छ भने खरीद अर्डर १ लाख ३४ हजार ३५१ कित्ता रहेको छ । कतिपय लगानीकर्ताहरुले सामाजिक सञ्जालमार्फत् अव कम्पनीको सेयरमूल्य विस्तारै बढ्दै जाने भएकाले आत्तिएर बिक्री गर्न सुझाव दिएका छन् । उनीहरुले भनेका छन्,‘ कम्पनीको सेयरमूल्य जति घटुनु घटिसक्यो, अव बढ्नै नै हो, होल्ड गर्नु नै बेस हुन्छ ।
दोस्रो बजारमा कम्पनीको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सूचीकृत छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago