 
                     
                                
                             
                                    काठमाण्डौ । सोनापुर मिनरल्स एन्ड आयलको सेयरमा नकारात्मक सर्किट लागेको छ ।
उक्त कम्पनीको पहिलो कारोबार आजबाट धितोपत्र दोस्रो बजारमा खुलेको हो।
प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियमसहित प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्कासन गरेको कम्पनीको सेयरमा दोस्रो बजारमा कारोबार शुरु भएको पहिलो दिनमा नकारात्मक सर्किट लागेको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले तोकेको रेन्जभित्र आइतबार स्पेसल प्रि–ओपन सेसनमा प्रतिकित्ता ३५० रुपैयाँमा सेयर किनबेच शुरु भएको थियो ।
यो समाचार तयार पार्दाको समयमा उक्त कम्पनीको सेयर प्रतिकित्ता ३१५ रुपैयाँमा कारोबार भइरहेको छ। उक्त अवधिसम्ममा कम्पनीको ५९ लाख २ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।कम्पनीको सेयरमा बिक्री चाप अत्यधिक रहेको छ ।
कम्पनीको सेयरमा क्रेताभन्दा बिक्रेता धेरै भएकाले मूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको सेयरमा ३ लाख हजार ३९ हजारभन्दा बढी कित्ता सेयर बिक्री अर्डर रहेको छ भने खरीद माग शून्य रहेको छ ।
नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १४२.०१ रुपैयाँदेखि अधिकतम ४२६.०३ रुपैयाँ तोकेको थियो।
यो कम्पनीको आईपीओ गत कात्तिक २ गते नेप्सेमा सूचीकृत भएको थियो।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19