काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयरमूल्यमा लगातार दोस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ ।

साताको दोस्रो कारोबार दिन सोमबार पनि कारोबार शुरु भए लगत्तै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो  ।गत आइतबारबाट कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३५० रुपैयाँमा कारोबार शुरु भएको थियो  । 

पहिलो दिन १० प्रतिशतले मूल्य घटेर ३१५ मा कारोबार बन्द भएकोमा सोमबार पनि सेयरमूल्य १० प्रतिशत घटेर प्रतिकित्ता २८३.५० रुपैयाँ कायम भएको छ  । कम्पनीले प्रिमियम मूल्य थपेर प्रतिकित्ता  २३७.५८ मा आईपीओ निष्कासन गरेको थियो । 

यो दिन कम्पनीको सेयरमा बिक्री चाप अत्यधिक रहेको छ ।यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा हेर्दा कम्पनीको सेयरमा ३ लाख हजार ९६ हजार ८२८ भन्दा बढी कित्ता सेयर बिक्री अर्डर रहेको छ भने खरीद माग शून्य रहेको छ ।