काठमाण्डौ । सोनापुर मिनरल्स एण्ड आयलको सेयरमूल्यमा लगातार तेस्रो दिन पनि नकारात्मक सर्किट लागेको छ ।
साताको तेस्रो कारोबार दिन मंगलबार पनि कारोबार शुरु भए लगत्तै कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।
उक्त कम्पनीको पहिलो कारोबार गत आइतबारबाट प्रतिकित्ता ३५० रुपैयाँमा शुरु भएको थियो । समाचार तयार पार्दाको समय ११ :३० बजेसम्ममा उक्त कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले घटेर २५५.२० रुपैयाँ कायम भएको छ । जुन मूल्य आईपीओ निष्कासन गरिएको मूल्यभन्दा १७.६२ रुपैयाँ मात्र बढी हो ।
यो दिन पनि कम्पनीको सेयरमा बिक्री चाप अत्यधिक रहेको छ ।मार्केट डेप्थमा हेर्दा कम्पनीको सेयरमा २ लाख हजार २५ हजार ७६१ भन्दा बढी कित्ता सेयर बिक्री अर्डर रहेको छ भने खरीद माग शून्य रहेको छ ।
कम्पनीले प्रिमियम मूल्य थप गरेर प्रतिकित्ता २३७.५८ मा आईपीओ निष्कासन गरेको थियो । दोस्रो बजारमा कम्पनीको ३ करोड ७ लाख ५० हजार ५०० कित्ता सूचीकृत छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago