काठमाण्डौ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सोमबार लागू हुने भएको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि नेपालमा एमडीएमएस प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने बताएको छ 

प्राधिकरण्का अनुसार सोमबारदेखि एमडीएमएस पूर्णरूपमा लागू हुनेछ। प्रणालीमा दर्ता नभएका फोनहरू पनि क्रमशः ब्लक हुनेछन् ।
एमडीएमएस लागू भएपछि अवैध वा गैरकानूनी रूपमा नेपाल भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन। ती फोनहरू ब्लक हुनेछन्। 

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडीएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो।

सोही अनुसार प्राधिकरणले भोलिदेखि एमडीएमएस लागू गर्न लागेको हो।  प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको छ।