काठमाण्डौ ।सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्ष २०७९/०८० को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ।

गत मंसिर १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.५७८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीले पाउने छन् ।

यसैगरी, कम्पनीले पुस २६ गते ४९ औं साधारणसभा बोलाएको छ ।सभा नेपाल प्रज्ञा भवन प्रेक्षालय, कमलादीमा बिहान १० बजेदेखि सुरु हुनेछ । साधारणसभा प्रयोजनको लागि कम्पनीले पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको चुक्तापूँजी ८८ करोड ४७ लाख रुपैयाँ छ ।