काठमाण्डौ ।  पथलैयाको होली गार्डेन इङलिस स्कुलमा बम राखिएको हल्लाले सोमबार विद्यालय क्षेत्र तनावपूर्ण बन्यो ।

विद्यालयमा बम राखेको हल्ला चलेपछि विद्यार्थी चित्याउँदै कक्षाकोठाबाट बाहिरिए भने त्यसबाट भागदौडसमेत मच्चियो ।
बमको हल्लाले अभिभावकसमेत रुदै कराउँदै छोराछोरी लिन विद्यालय आएका थिए ।

विद्यार्थी बाहिरिएपछि प्रहरीले विद्यालयलाई नियन्त्रणमा लिएर बमको खोजी गरेको थियो ।

खोजतलासपछि पनि बम नभेटिएको प्रहरी निरीक्षक गोविन्दकुमार कार्कीले बताएको आजको अन्नपूर्णमा समाचार छ ।

आफैले बोकको बम विस्फोट हुँदा बाराको गढीमाई नगरपालिका १ पथलैयामा सोमबार एकजना घाइते भएका छन् । पथलैयासिथत शंकर लामाको घरभित्र बम विस्फोट हुँदा गढीमाइ १२ पिलुवाका ४५ वर्षीय गोपीलाल श्रेष्ठ घाइते भएका हुन् ।