काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस महामारीबीच स्कुलहरु फेरि खुला गर्न आदेश दिएका छन्।
राष्ट्रपति ट्रम्पले यदि खुला नगरिए त्यस्ता स्कुुलहरुलाई प्रदान गरिने फन्डिङ रोक्का गर्ने चेतावनी पनि दिएका छन्। यसका साथै उनले स्वास्थ्य अधिकारीहरुले जारी गरेका निर्देशिकाहरु अव्यवहारिक भएको भन्दै असन्तुुष्टि पोखेका छन्।
ट्रम्पको यस्तो अभिव्यक्तिपश्चात उपराष्ट्रपति माइक पेन्सले रोग नियन्त्रण तथा रोकथाम केन्द्रले नयाँ निर्देशिकाहरु जारी गर्ने र यसबारे सबै स्कुुलहरुलाई जानकारी दिइने बताए। उनले यी निर्देशिकाहरुबाट विद्यार्थीहरु सुुरक्षित रहने तर ट्रम्पले कडा निर्देशिकाहरु नचाहेको खुलासा गरे।
यसैबीच न्युुयोर्क सहरले धेरैजसो विद्यार्थीहरु सातामा केवल दुुई वा तीन दिनमात्रै कक्षामा उपस्थित हुुने र बाँकी समय घरमै अनलाइनबाट पढ्ने घोषणा गरेको छ। ट्रम्पले चुुनावका कारण डेमोक्रेटिक पार्टीका नेताहरु स्वास्थ्य चिन्ताको साटो स्कुुलहरु बन्द गर्न खोजिरहेको आरोप लगाएका छन्। उनले सीडीसीका अधिकारीहरुलाई इंगित गर्दै ट्विट गरेका छन्, “म उहाँहरुसँग छलफल गर्नेछुु। स्कुुललाई फेरि खोल्नुु विद्यार्थी र उनीहरुको परिवारका लागि महत्वपूर्ण छ। यदि स्कुुल नखोलिए उनीहरुलाई प्रदान गरिने वित्तीय सहयोगमा कटौती गरिनेछ।’
ट्रम्पले डेनमार्क, जर्मनी, नर्वेजस्ता देशहरुले बिना कुुनै रोकटोक स्कुुलहरु सञ्चालन गरिरहेको उदाहरण दिँदै अमेरिकामा पनि स्कुुलहरु फेरि खोलिनुुपर्ने बताएका छन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19