-भक्तराज रसाइली

काठमाण्डौ । सेयर ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर अशोसिएसन अफ नेपालको अध्यक्षमा भरत रानाभाटले शानदार जित हासिल गरेका छन् ।

अध्यक्षका लागि सहमतिको प्रयास असफल भएपछि आज साँझ मतदान भएको थियो । सो क्रममा २९ मत ल्याई रानाभाटले जित हासिल गरेका हुन् । 

उनका निकटतम प्रतिदन्दी राजकुमार तिमिल्सिनाले १८ मत मात्र पाएका छन् । 

यो जितसँगै रानाभाट २ वर्षे कार्यकालका लागि स्टक ब्रोकर अशोसिएसनको नेतृत्व गर्नेछन् । 

अध्यक्षमा निर्वाचित रानाभाट ब्रोकर नम्बर ३५ को कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालिका प्रबन्ध निर्देशक हुन् भने हार व्यहोर्ने तिमिल्सिना ब्रोकर नम्बर ३४ को भिजन सेक्युरिटिजका अध्यक्ष हुन् ।

अध्यक्षको चयन मतदानबाट भए पनि बाँकी सबै पदमा पनि सर्वसम्मति भएको थियो ।

अध्यक्षमा निर्वाचित रानाभाट । 

....................................................

अशोसिएसनको उपाध्यक्षमा टंकप्रसाद गौतम, महासचिव पदमा धर्मराज सापकोटा, सचिवमा सन्तोष पौडेल र कोषाध्यक्षमा गुणनिधि भुषाल निर्विरोध भइसहेका छन् । यस्तै, कार्यसमिति सदस्यहरुमा सञ्जिला अर्याल, फडिन्द्र ढकाल,सन्दिप चाचन, सुमन गौतम, रामदेव पन्त समेत निर्विरोध निर्वाचित भइसकेका छन् । 

यो पनि पढ्नुहोस्:

स्टक ब्रोकरको अध्यक्षमा सहमतिको अन्तिम प्रयास, मतदान भए कसको पल्ला भारि ?