काठमाण्डौ । लामो समयदेखि अड्किएको स्टक डिलर कम्पनी दर्ता भएको खबरले आइतबार केही कमजोरजस्तो देखिएको लगानीकर्ताको मनोबलमा सोमबार आमूल सुधार आउँदा नेप्से परिसूचकमा पुनः बढोत्तरीको क्रम सुरु भएको छ ।
आइतबार दोहोरो अंकले करेक्सन भएको बजारमा नागरिक लगानी कोषले दोस्रो बजारमै लगानी गर्ने उद्देश्यले पाँच अर्बको फन्डसहितको नागरिक स्टक डिलर कम्पनी लिमिटेड दर्ता गरेको खबरले लगानीकर्ताको मनोबल उकासिएको हो । योसँगै नेप्से परिसूचक ४.२८ अंकले बढेको छ ।
बजारका लागि स्टक डिलर स्थापनाको सुनिश्चितता खबरले बिक्री चापलाई रोकेर खरिदचाप बढाएको देखिन्छ । यही कारणसमेत अघिल्लो दिनको तुलनामा कारोबार रकममा झिनो गिरावट आए पनि नेप्सेमा सुधार भएको हो। राम्रा र बलिया कम्पनीमा खरिदचाप बढेका कारण सेन्सेटिभ इन्डेक्स ०.५७ अंकले बढेको दिन समग्र कारोबार मापक फ्लोट इन्डेक्समा ०.३ अंकको सुधार देखियो ।
आजको दिन नेप्से उपसमूहमा रहेकामध्ये ८ वटा समूहमा हरियो पोतियो भने ४ वटामा रातो पोतियो ।
निर्जीवन समूहमा सबैभन्दा बढी ७२.४१ अंकको बढोत्तरी देखिएको आज लघुवित्त र उत्पादन तथा प्रशोधन समूहमा पनि क्रमशः २९.८ अंक र २५.५ अंकको वृद्धि भयो । बैंकिङ समूहमा ०.७९ अंक, व्यापार समूहमा ८.४२ अंक, होटेल्स् समूहमा १०.७८ अंक, विकास बैंक समूहमा ५.९६ अंक र अन्य समूहमा ५.३५ अंकले बढ्यो ।
आज जलविद्युत् समूहमा ५.२१ अंक, वित्त समूहमा ०.८७ अंक, जीवन बिमा समूहमा १.४८ अंक र म्युचुअल फन्डमा झिनो गिरावट आयो ।
धेरै कारोबार गर्ने कम्पनीहरु
आजको दिन नेप्सेमा सूचीकृत १७५ कम्पनीका २३ लाख ६० हजार ५८४ कित्ता सेयर ९३ करोड २० लाख ८६ हजार ५५ रुपैयाँमा कारोबार भयो ।
यो दिन शिवम् सिमेन्ट एक्लैले १३ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार गर्यो । त्यस्तै नागरिक लगानी कोषले ४ करोड २७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ३ करोड ५५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ करोड ७१ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ करोड २९ लाख रुपैयाँ, सूर्या लाइफ इन्स्योरेन्सले २ करोड १ लाख रुपैयाँ, ग्लोबल आईएमई बैंकले १ करोड ९६ लाख रुपैयाँ, एनएमबीले १ करोड ९१ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ९० लाख रुपैयाँ र डेप्रोक्स लघुवित्तले १ करोड ७१ लाख रुपैयाँको हाराहारीमा कारोबार गर्न सफल भए ।
सबैभन्दा धेरै कमाउने र गुमाउने
आजको दिन सिभिल लघुवित्तका सेयरधनीहरु मालामाल भए । यो कम्पनीको सेयरमूल्य ८ प्रतिशत बढीले बढ्यो ।
यो दिन एभरेस्ट बैंक लिमिटेडका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्यमा ७ प्रतिशत बढीले गिरावट आयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago