काठमाण्डौ । अब धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) हरुले पनि सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) लिँदा शुल्क तिर्नुपर्ने भएको छ।
स्टक ब्रोकरहरुले पनि सीडीएससीलाई एपीआईका लागि निश्चित शुल्क तिर्नुपर्ने भएको हो। हाल सीडीएससीले धितोपत्र किनबेचपछिको रियल टाइम डाटा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मार्फत ब्रोकरहरुलाई निःशुल्क डाटा दिइरहेको थियो। तर, अब भने स्टक ब्रोकरहरुले सोझै सीडीएससीबाट एपीआईबापत निश्चित शुल्क तिरेपछि मात्रै पाउने सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्य बताउँछन्।
हाल स्टक ब्रोकरका ग्राहक (लगानीकर्ता) का डीपी होल्डिङ (सेयर मौज्दात) को डाटा सीडीएससीबाट नेप्सेहुँदै ब्रोकरको ट्रेडिङ मेनेजमेन्ट सिस्टम (टीएमएस) मा प्रवाहित भइरहेका छन्। अब हरेक स्टक ब्रोकर कम्पनीले पनि छुट्टै टीएमएस बन्ने र सम्बन्धित ब्रोकर कम्पनीका ग्राहक (लगानीकर्ता) को डीपी होल्डिङको डाटाका लागि निश्चित शुल्क सीडीएससीलाई भुक्तानी गर्नुपर्ने सीडीएससीले जनाएको छ।
पछिल्लो समय नेप्सेद्वारा निर्मित टीएमएसमा अत्याधिक लगानीकर्ताको सहभागिता हुन थालेपछि नेपाल धितोपत्र बोर्ड र नेप्सेले हरेक ब्रोकरको छुट्टाछुट्टै टीएमएस बनाउन निर्देशन दिएका छन्। सोही निर्देशनबमोजिम स्टक ब्रोकरहरुले नेप्सेबाट एपीआई लिइसकेपछि टीएमएस बनाउने तयारीमा छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago