काठमाण्डौ। अग्रणी अन्तर्राष्ट्रिय शैक्षिक सेवा प्रदायक संस्था स्टडी ग्रुपले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीसँग नयाँँ सम्झौता गरेको छ।
फ्लोरिडा एट्लान्टिक युनिभर्सिटी यूएस न्युज डट कम र वल्र्ड रिपोर्टको टप पब्लिक हाइयर एडुकेसन इन्स्टिच्युसनमा पर्न सफल विश्वविद्यालय हो। यो विश्वविद्यालयमा ३० हजार बढी अन्डर–ग्र्याजुएट र पोस्ट–ग्र्याजुएट विद्यार्थीहरु अध्ययनरत छन्। यो विश्वविद्यालयले आफ्ना विद्यार्थीलाई पढाइ सकिएपछि गुगल, एप्पल, जेनेरल मोटर्स र प्राइस वाटर हाउस कुपर्सजस्ता ग्लोबल कम्पनीहरुमा ४ हजार ८०० भन्दा बढी इन्टर्नसिप प्लेस्मेन्टको सुविधा उपलब्ध गराएको छ।
फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीले विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिवृद्धि गर्ने काम पहिलो प्राथमिकतामा राख्छ। र, स्टडी ग्रुपको मुख्य उद्देश्य पनि विद्यार्थीको प्रोफेसनल कार्यक्षमता अभिवृद्धि गर्ने नै हो।
स्टडी ग्रुप फ्लोरिडा एट्लान्तिक युनिभर्सिटीको बृहत शैक्षिक कार्यक्रमहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरु भर्ना गर्नका लागि ट्रस्टेड पार्टनर हो। स्टडी ग्रुपले विश्वभरिका यस्तै ५० युनिभर्सिटीहरुसँग मिलेर ग्लोबल एजुकेसनसम्बन्धी शैक्षिक परामर्श गर्दै आइरहेको छ।
स्टडी ग्रुप हालसालै ग्लोबल एजुकेसन इन्न्भेस्टर अवार्ड्समा पाथ वे प्रोभाइडर अफ द इयर पनि हुन सफल भएको थियो।
‘अमेरिका अध्ययनका लागि आउन चाहने विद्यार्थीहरुमध्ये धेरैको रोजाइमा साइन्स, टेक्नोलोजी, इन्जिनियरिङ र म्याथ्म्याटिक्स (एसटीईएम) अन्तर्गतका विषयहरु पर्छन्। त्यसैले हामीले यी विधाहरुमा धेरै प्राथमिकता दिएर उल्लेखनीय लगानी गरेका छौँ र हाम्रो बोका रतोनमा अवस्थित विश्वविद्यालयको मुख्य भवन पनि एकदमै शान्दार र सुन्दर छ’, स्टडी ग्रुपका सीईओ एम्मा ल्यान्कास्टरले भने, ‘हामी अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अध्ययन अनुभव प्रदान गर्न अत्यन्त उत्साहित छौँ। स्टडी ग्रुपको टिमले फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीको अन्तरराष्ट्रिय विद्यार्थी भर्ना लक्ष्य पुरा गर्न पनि सहयोग गर्नेछ। जसले अहिलेको डिजिटल संसारमा स्थानीय विद्यार्थीहरुलाई संसारभरिका विद्यार्थीहरुसँग एक–अर्कासँग घुलमिल हुँदै सिक्ने र एक–अर्काको भाषा, संस्कृति र परम्परालाई बुझ्ने अवसर प्रदान गर्नेछ।’
पाटर्नरसिपलाई स्वागत गर्दै फ्लोरिडा एट्लान्टिक युनिभर्सिटीका सिनियर असोसियट प्रोभोस्ट रस इभीले भने, ‘हामी स्टडी ग्रुपसँग मिलेर काम गर्न पाएकोमा अत्यन्तै हर्षित छौँ र अन्तर्राष्ट्रिय विद्यार्थीलाई हाम्रो आधुनिक र शान्दार क्याम्पसमा स्वागत गर्न उत्साहित छौँ।’
स्टडी ग्रुपले फेब्रुअरी २०२२ बाट अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लिन सुरु गर्नेछ र २०२२ को फलमा उनीहरु युनिभर्सिटी जान पाउनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago