काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षका उम्मेदवार अरुणराज सुमार्गीले नेपालमा स्टार्टअप उद्यमी एवं साना उद्योगी–व्यवसायीलाई उद्योग–व्यवसायमा सवल बनाउनका लागी राज्यस्तरबाट नीतिगत संरक्षण र प्रवर्द्धनको योजना बनाइनुपर्नेमा जोड दिएका छन्।
उद्योगी–व्यवसायीको यति ठूलो सञ्जाल भए पनि उद्योग–व्यवसायको वातावरण निर्माणका लागि दीर्घकालीन महत्वका कामहरुसमेत हुन नसकेको उल्लेख सुमार्गीले अबको उद्योग वाणिज्य संघको नेतृत्वले संस्थाको इतिहासमै सम्झनलायक विभिन्न ब्रेकयोग्य कामहरु गरेर देखाउने विश्वास व्यक्त गरे।
‘हाम्रो टिम स्पष्ट योजना, स्पष्ट खाका अनि स्पष्ट गन्तव्यसहित उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि अधिकांश व्यवसायीहरुको भरोसा र विश्वास लिएर मैदानमा उत्रेका छौँ’, उनले भने, ‘यो रुपान्तरणको अभियानमा सम्पूर्ण व्यवसायीहरु एक कदम अगाडि बढेर हामीलाई साथ दिनुहुनेछ भन्ने विश्वास लिएको छु।’
सुमार्गीले जिल्ला नगरलाई अझ सबल एवं व्यवसायीहरुका समस्या, क्षमता विस्तार, व्यवसाय विकासका लागि आवश्यक विभिन्न कामहरु सबैमा आफ्नो निरन्तर सहकार्य र सहयोग रहने प्रतिबद्धता जनाए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19