काठमाण्डौ । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओ आज बाँडफाँड गरेको छ। 

धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो। कम्पनीले रु. १०० अंकित दरका कुल ८ लाख २ हजार ५०० कित्ता सेयर आयोजना प्रभावित ओखलढुंगा जिल्लाका बासिन्दाका लागि गत पुस १९ गतेदेखि माघ १५ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो।

निष्कासन अवधिमा ५ हजार ६५३ जना आवेदकबाट जम्मा ९ लाख ७३ हजार २५० कित्ताका लागि आवेदन प्राप्त भएको सनराइज क्यापिटलले जनाएको छ। 

मोलुङ गाउँपालिकाको वडा नं. १ देखि ८ सम्मका बासिन्दाहरुका लागि बाँडफाँड गर्दा कुल १ हजार ९२७ जना आवेदकबाट ४ लाख २२ हजार ४५० कित्ता सेयरका लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्तादेखि ८०० कित्ता माग गर्ने १ हजार ८०७ जना आवेदकलाई मागबमोजिम र ९०० कित्तादेखि १ हजार कित्ता माग गर्ने १२० जना आवेदकलाई ८२० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ। 

सुनकोसी गाउँपालिका वडा नं. १ देखि १० सम्मका बासिन्दाहरुको लागि बाँडफाँड गर्दा कुल १ हजार ५८१ जना आवेदकहरुमार्फत २ लाख ५२ हजार ८९० कित्ता सेयरका लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्तादेखि ३३० कित्ता माग गर्ने १ लाख ४०७ जना आवेदकलाई मागबमोजिम र ३५० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १७४ आवेदकलाई ३३० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ। 

यसका साथै बाँकी रहेको ८८५ कित्ता सेयर ३५० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १७४ जना आवेदकहरुलाई गोलाप्रथाबाट थप १०–१० कित्ताका दरले ८८ जना सफल आवेदकहरुलाई ८८० कित्ताका साथै बाँकी बचेको ५ कित्ता सेयर पुनः ३५० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १७४ जना गोलाप्रथाबाट थप १–१ कित्ताका दरले ५ जना सफल आवेदकलाई बाँडफाँड गरिएको छ। 

यसैगरी सिद्धिचरण नगरपालिका वडा नं. १ देखि १२ सम्मका बासिन्दाहरुका लागि बाँडफाँड गर्दा कुल २ हजार ११२ जना आवेदकहरुमार्फत २ लाख ९५ हजार ३७० कित्ता सेयरका लागि रितपूर्वक आवेदन प्राप्त भएकोमा १० कित्ता देखि १७० कित्ता माग गर्ने १ हजार ६५२ जना आवेदकहरुलाई मागबमोजिम र १८० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने ४६० जना आवेदकलाई १८० कित्ता सेयर बाँडफाँड गरिएको छ। 

बाँकी रहेको ३ हजार ९२५ कित्ता सेयर १९० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने ४६० जना आवेदकहरुलाई गोलाप्रथाबार्ट १०–१० कित्ताका दरले ३९२ जना सफल आवेदकहरुलाई ३ हजार ९२० कित्ता बिाँडफाँड गरिएको छ। यसका साथै बाँकी बचेको ५ कित्ता सेयर पुनः १९० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने ४६० जना आवेदकलाई गोलाप्रथाबाट १–१ कित्ताका दरले ५ जना सफल आवेदकहरुलाई बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।