काठमाण्डौ । स्थानीयका लागि जारी मेन्छियाम हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज चैत ९ अन्तिम दिन रहेको छ।
कम्पनीले गत फागुन १० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा विदेशमा रहेका श्रमिकका लागि गत फागुन २५ गतेसम्म आवेदन दिन व्यवस्था गरिएको थियो। स्थानीयका लागि भने आवेदन दिने म्याद आज चैत ९ गतेसम्म थपिएको थियो।
कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँबराबरको आईपीओ बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर जारी गरेको। त्यसमध्ये आयोजना अतिप्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीयलाई २ लाख ७१ हजार २९२ कित्ता र संखुवासभा जिल्लाका अन्य क्षेत्रका स्थानीयका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
स्थानीयाले आयोजनास्थल, एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
यो आईपीओको बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19