काठमाण्डौ । आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिका लागि जारी कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड गरिएको छ। 

धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार यो आईपीओ बाँडफाँड गरेको हो। 

यो कम्पनीले गत जेठ १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार १ गतेसम्म र स्थानीयका लागि असार ५ गतेसम्म आवेदन दिने पाउने व्यवस्था गरिएको थियो। 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि पनि जारी पुँजीको १० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल १ लाख २१ हजार ८६८ कित्ता आईपीओ जारी गरेको थियो। विदेशमा रहेका नेपाली श्रमिकका लागि भने १२ हजार १८६ कित्ता बिक्री खुला गरिएको थियो। 

एनएमबि क्यापिटलका अनुसार स्थानीयको हकमा १० कित्तादेखि ३५० कित्तासम्म आवेदन दिने सबैलाई मागबमोजिम सेयर दिइएको छ। जसअनुसार ६८ हजार ८३० कित्ता वितरण गरिएको छ। 

यसैगरी स्थानीयकै हकमा ४०० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने १४० जनालाई ३७० कित्ताका दरले ५१ हजार ८०० कित्ता, ४०० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने १० जनालाई १ हजार २३० कित्ता र ४०० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने ८ जनालाई १ कित्ताका दरले ८ कित्ता बाँडफाँड गरिएको छ। 

उता विदेशमा रहेका नेपाली श्रमिकका हकमा भने गोलाप्रथाबाट १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने १ हजार कित्तासम्म आवेदन दिने २१८ जनालाई १० कित्ताका दरले १२ हजार १८० कित्ता र २० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिने ६ जनालाई १ कित्ताका दरले ६ कित्ता सेयर बाँडफाँड गरिएको एनएमिब क्यापिटलले जनाएको छ।