काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारी रहेका नेपालीका लागि जारी आईपीओ आज (साउन १६ गते) बाँडफाँड गरिएको छ।
धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केटको कार्यालयमा आईपीओ बाँडफाँड गरिएको हो।
कम्पनीले गत असार १९ गतेदेखि यी दुवै समूहलाई आईपीओ बिक्री खुला गरेको थियो। अब यो आईपीओमा स्थानीयलाई साउन ९ गतेसम्म र विदेशमा रहेका नेपाली श्रमिकलाई साउन २ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।
कम्पनीले जारी पुँजीको ८० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ८ करोड रुपैयाँबराबरको आईपीओ आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि जारी गरेको थियो। जसअनुसार यस कम्पनीले १०० अंकित दरका कुल ८ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुलाइएको थियो।
क्यापिटलका अनुसार स्थानीयका लागि जारी आईपीओमा ७२२ आवेदकबाट कुल १ लाख ८३ हजार ३८० कित्तामात्र सेयर माग भएको थियो। आवेदक सबैलाई मागबमोजिम सेयर बाँडफाँड गरिएको थियो।
यो हिसाबले स्थानीयका लागि जारी ६ लाख १६ हजार ६२० कित्ता सेयर बिक्री भएन। अब यो सेयर सर्वसाधारणलाई छुट्याइएको सेयरमा जोडेर कम्पनीले बिक्री खुला गर्नेछ।
यसैगरी कम्पनीले सर्वसाधारणका लागि जारी पुँजीको २५ प्रतिशतले हुन आउने २० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता आईपीओ छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने २ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिएको थियो।
वैदेशिक रोजगारीमा रहेकाहरुका लागि जारी आईपीओमा कुल २५ हजार २१९ आवेदकबाट ६ लाख २६ हजार ८१० कित्ता सेयर माग भएको थियो। जसमा २५ हजार २१८ आवेदकबाट परेको ६ लाख २६ हजार ७९० कित्ता सेयर सदर भएको छ भने १ जना आवेदकबाट परेको २० कित्ता सेयर बदर भएको छ।
मागभन्दा बढी आवेदन परेका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीलाई गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको छ। जसमा २० हजार आवेदकले १० कित्ताका दर सेयर पाएका छन्।
यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक र आईपीओ निष्कासनकर्ता कम्पनीको वेबसाइट र सीडीएससीको iporesult.cdsc.com.npमा हेर्न सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago