काठमाण्डौ। निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको छ।
निर्वाचन आयोग स्रोतका अनुसार आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज दिउँसो हुने छलफलमा आयोगले जेठ ४ मा चुनाव गर्ने प्रस्ताव गर्नेछ। आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्री देउवाले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ।
आयोगको प्रस्ताव गृह मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेपछि चुनावको मिति औपचारिक रुपमा तय हुनेछ।
यसअघि बालुवाटारमा पार्टीका बागमती प्रदेशका पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री देउवाले पनि आगामी जेठ ४ मा स्थानीय तहको निर्वाचन हुने र निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago