काठमाण्डौ । स्थानीय तहको चुनाव सञ्चालन तथा व्यवस्थापनका लागि निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार रुपैयाँ बजेट निकासा गर्न माग गरेको छ।
आयोगले अर्थ मन्त्रालयमा पत्राचार गर्दै बजेट माग गरेको हो। २०७४ सालमा भएको स्थानीय तहको चुनावमा वस्तुगत सहायतासमेत ८ अर्ब १४ करोड रुपैयाँ खर्च भएकोमा यसपटकको स्थानीय तह चुनावमा उक्त रकमभन्दा करिब ८१ करोड बढी खर्च हुने अनुमानसहित बजेट निकासाका लागि आयोगले पत्राचार गरेको छ।
उक्त रकम विगत ५ वर्षयता भएको मूल्य वृद्धि, कर्मचारीको तलबमा भएको वृद्धि, २०७४ सालपछि थप भएका करिब ३८ लाख मतदाता संख्या, मतदाता र मतदान केन्द्रको वृद्धि भएअनुसार हुने मतपत्र र निर्वाचन सामग्रीको वृद्धि तथा कोभिड–१९ को व्यवस्थापनमा हुने खर्च हुने आयोगको भनाइ छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago