काठमाण्डौ । बजारको गिरावट यात्रालाई नेपाल बैंक लिमीटेडको सेयर मूल्यमा भएको बढोत्तरी र उच्च खरीद चापले रोकिदिएको छ ।
नेपाल बैंक लिमीटेड र नवील बैंक लिमीटेडबीच मर्जरको छलफल र वार्ता उत्कर्षमा पुगेको समाचारले बजारमा सकारात्मक तरंग सिर्जना गरेको हो ।
नवील बैंकसँग नेपाल बैंकका संचालकहरुले मर्जरका लागि छलफलहरु गरिरहेका र त्यस्ता छलफल सकारात्मक रहेको खबरले लगानीकर्ताहरुको मनोबल बढाइदिएको हो । जसका कारण नेपाल बैंकको सेयरमा उच्च खरीद चाप देखिएको छ । यसले नेपाल बैंकको सेयर मूल्य समेत बढाइदिएको छ ।
यति मात्र होइन, नेपाल बैंक लिमीटेडको विषयमा सार्वजनिक भएको सुखद र सकारात्मक खबरले लगातार गिरावटको मार खेपेर ११०० मुनि झर्न लागेको बजारको गिरावट यात्रा समेत रोकिएको विश्लेषकहरु बताउँछन् । 'एक हिसाबले भन्दा नेपाल बैंकसम्बन्धी सकारात्मक खबरले बजारको कालकुट विष पिइदिएको देखिन्छ ।' एक विश्लेषकले भने-'खबर बाहिरिएजस्तै यदि नवील र नेपाल बैंकबीच मर्जर सम्झौता भयो भने बजार बुलिस ट्रेण्डमा कुद्ने टर्निङ प्वाइन्ट बन्नसक्छ ।'
यो दिन नेप्से परिसूचक स्थिर बन्न पुगेको छ । कारोबार रकम २९ करोड हाराहारीमा पुगेको छ ।
बजारका विभिन्न समूहका उपसूचकको अवस्था मिश्रित देखिएको छ । बैंकिङ समूह १.०४ अंकले घटेको यो दिन व्यापार समूहमा ४.२२ अंक, विकास बैंक समूहमा १.२१ अंक, जीवन बिमा समूहमा २४.१६ अंक, निर्जीवन बिमा समूहमा १८.९२ अंक र म्युचुअल फण्ड समूहमा ०.०५ अंकको गिरावट आएको छ ।
होटल समूह ८.२७ अंकले बढेको छ भने जलविद्युत समूह १.९४ अंक, बित्त समूह १.४ अंक, उत्पादन तथा प्रशोधन समूह ०.८४ अंक, माइक्रोफाइनान्स समूह ३.७९ अंक र अन्य समूह ५.०३ अंकले बढेका छन् ।
राम्रा र बलिया कम्पनीमा खरीद चाप देखिएका कारण सेन्सेटिभ इण्डेक्स ०.५२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.०८ अंकले बढेको छ ।
धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६८ कम्पनीका १० लाख ७८ हजार १६ कित्ता सेयर २८ करोड ८८ लाख ५८ हजार ४८४ रुपैयाँमा किनबेच भएको छ ।
यो दिन सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको ३ करोड ६० लाख बढीको संस्थापक सेयर किनबेच भयो ।
नेपाल बैंकले ३ करोड ५२ लाख बढीको कारोबार गर्यो भने एनएमबी बैंकले २ करोड ६ लाख, प्राइम कमर्सियल बैंकले ९९ लाख, एनसीसी बैंकले ७९ लाख, नवील बैंकले ७६ लाख, सिटिजन्स बैंकले ६२ लाख, प्रभू बैंकले ५८ लाख, सिभिल बैंकले ५४ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५२ लाख बढीको कारोबार गरेका छन् ।
धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा मिथिला लघुवित्तका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ५.५४ प्रतिशतले बढ्यो ।
पञ्चकन्या माई हाइड्रो र स्ट्याण्डर्ड चार्टर्डका लगानीकर्ताले धेरै गुमाए । पञ्चकन्याको सेयर मूल्यमा ६.०९ र स्ट्याण्डर्ड चार्टर्डको मूल्यमा ५.४० प्रतिशतको गिरावट आयो ।
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago
11 months ago