काठमाण्डौ । नेपाली कांग्रेस सांसद विनोद चौधरीले सरकारको स्पष्ट दृष्टिकोण नहुँदा पुँजीबजारको विकासमा अवरोध सिर्जना भएको बताएका छन्। 

प्रतिनिधिसभामा मंगलबार भइरहेको प्रि–बजेट छलफलमा नेपालका एकमात्र डलर अर्बपति चौधरीले यस्तो धारणा राखेका हुन्। स–सानो पुँजी जम्मा गरेर पुँजी निर्माण गर्ने र ठूलो कोअपरेट इन्टरप्राइजेजका नाफाको नाफा जनताहरुलाई बाँड्ने माध्यम नै पुँजीबजार रहेको चौधरीले बताए। ‘यो बजारलाई पर्याप्त उपयोग गर्न सक्ने हो भने जनतासँग भएको सानोभन्दा सानो पुँजी एकीकृत गरी ठूला–ठूला परियोजना बनाउन सकिन्छ’, उनले भने। 

राज्यसँग पुँजीबजारलाई हेर्ने स्पष्ट दृष्टिकोण नहुँदा यसको विकासमा अवरोध सिर्जना भएको चौधरीले बताए। ‘बजारले ठूलो पुँजी गुमाएको पनि छ र पुँजी लगभग ठप्प भएको छ’, उनले भने।

पुँजीका पर्याप्त विकल्प तयार नगर्नु आजको अत्यन्तै महत्वपूर्ण चुनौती रहेको पनि चौधरीले बताए।