काठमाण्डौ । के.एल. दुगड् ग्रुप सम्बद्ध कम्पनी स्मार्ट एप्लाएन्सेस्ले देशमा होम एप्लाएन्सेस्को विभिन्न रेन्जका प्रोडक्टहरु प्रस्तुत गर्दै आइरहेको छ । द्रुत गतिमा बढिरहेको यस क्षेत्रमा कम्पनीले एक सबल उपस्थिति बनाइसकेको छ । यसै सन्दर्भमा आफ्ना देशभरका डिलरहरुलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत स्मार्ट एप्लाएन्सेस्ले आफ्नो ओलेड टिभिको र त्यसको लाइन अप ल्याउने घोषणा गरेको छ ।

कम्पनीको लामो समयदेखिको सफलताको खुशीयाली मनाउन स्मार्ट एप्लाएन्सेस्ले देशभरबाट १३० वटा भन्दा डिलरहरु भेला गर्नुका साथै विशेष सम्मान कार्यक्रम मार्पmत सम्मान–पत्र प्रदान गरेको हो । 

साथै, लक्की ड्र मार्पmत दुई डिलरलाई कफी मेकर र हिटर पनि उपहार दिइएको छ । 

कार्यक्रममा ५ जना डिलरहरुलाई विभिन्न वर्गहरु अन्तर्गत अवार्ड समेत प्रदान गरिएको थियो । उक्त अवार्डहरु जित्नेमा बेस्ट टेलिभिजन सेल्स् अन्तर्गत शर्मिला इन्टरप्राइजेज्, महाबौद्ध, बेस्ट होम् एप्लाएन्सेस् सेल्स् अन्तर्गत ए–वान सेल्स् एण्ड सर्भिस्, बानेश्वर, बेस्ट ओभरअल सेल्स् अन्तर्गत महालक्ष्मी इलेक्ट्रोनिक्स्, धरान, बेस्ट सेल्स् प्रमोटर अन्तर्गत न्यू डिएम इलेक्ट्रोनिक्स्, भक्तपुर तथा बेस्ट् एक्स्क्लुजिभ आउटलेट अन्तर्गत रिजर्भ मल्टिनेशनल, पोखरा रहेका थिए ।

सो कार्यक्रममा कम्पनीले विभिन्न नयाँ र अत्याधुुनिक विशेषताले सुुसज्जित ओलेड टिभि लन्च गरेको थियो । नेपाली बजारमा एउटा नयाँ टेक्नोलोजीको रुपमा आएको ओलेड टिभि ब्याकलाइट नचाहिने टेक्नोलोजीमा चल्छ । हङकङमा निर्मित यी टेलिभिजनहरु ठूलो स्क्रिनहरुमा बढ्दै गएको नेपाली बजारको माग पूरा गर्न डिजाइन गरिएको कम्पनीको भनाई छ ।

हालको होम एप्लाएन्सेस् लाइनमा पनि कम्पनीले विभिन्न प्रोडक्टहरु थप ल्याएको छ। स्मार्ट एप्लाएन्सेस्को प्रतिस्पर्धात्मक क्षमता तथा हङकङको इन्जिनियरिङ्गलाई एकै स्थानमा ल्याई कम्पनीले देशभरका ग्राहकहरुलाई विश्वसनीय तथा उत्कृष्ट प्रोडक्टहरु उपलब्ध गराउन सफल भएको बताइएको छ ।