काठमाण्डौ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले ‘स्मार्ट क्यूआर’ आजबाट सञ्चालनमा ल्याएको छ।

विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्नसक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ। 

नेपाल राष्ट्र बैंकको नगदरहित कारोबार प्रणालीको प्रवद्र्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोबार अघि बढाउने नीतिअनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको बताइएको छ। मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वताअनुसार यो सेवा सञ्चालनमा ल्याइएको हो। परम्परागत प्रणालीलाई स्तरोन्नति गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने मुख्य लक्ष्य रहेको कम्पनीले जनाएको छ। 

स्मार्ट क्यूआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्यूआर कोड स्क्यान गरी विविध आवश्यकताबमोजिम सेवा र सुविधाहरुको उपयोग गर्न सजिलो हुने कम्पनीको विश्वास छ। विशेषतः यस क्विक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवाप्रदायक संस्थाहरुले ईएमभीको स्टान्डर्ड स्टाटिक वा डायनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा बिदेशी क्यूआरसी पेमेन्ट सर्भिसहरुको बीचमा पनि सहजै एकीकृत कारोबार गराउन सकिने व्यवस्था गरिएको छ।

स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई पे, प्रभु पे, क्यू पेजस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक र अन्तर्राष्ट्रिय संस्था युनियन पे इन्टरनेसनलको समेत सहकार्य तथा साझेदारी रहेको हँुदा यसको बृहत्तर पहँुच रहेको छ। साथै युनियन पे इन्टरनेसनलसँग आबद्ध खल्ती, मो–बैंकजस्ता विभिन्न भुक्तानी सेवाप्रदायकले पनि स्र्माट क्यूआरका माध्यमबाट भुक्तानी प्राप्त गर्न सक्नेछन्। 

विभिन्न मोबाइल वालेट प्रयोग गर्ने ग्राहकहरुले स्मार्ट क्यूआरको एउटै क्यूआर पेमेन्ट टर्मिनल स्क्यान गरी सहजै भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ। व्यवसायीले एउटा स्मार्ट क्यूआरको क्यूआर पेमेन्ट टर्मिनल राखेर विभिन्न वालेट प्रयोगकर्ताको भुक्तानी स्वीकार गरी एकीकृत कारोबार गर्न सक्नेछन्। व्यवसायीहरुको थप सुविधाका लागि स्मार्ट क्यूआरले स्मार्ट क्यूआर मर्चेन्ट मोबाइल एप गुगलको एन्डोइड र एप्पलको आईओएस गरी दुवै प्लाटर्फममा उपलब्ध गराएको कम्पनीले जनाएको छ। यो एपमार्फत व्यापारीले सहजै सबै कारोबारको विवरण एकै ठाउँमा हेर्न र म्यानेज गर्न सक्नेछन्। व्यवसायीले प्राप्त गर्ने रकमलाई यसै एपमार्फत सीधै बैंकमा जम्मा गर्न सक्ने व्यवस्था रहेको बताइएको छ।

स्मार्ट च्वाइस टेक्नोलोजिजले आफ्नो नयाँ प्रडक्ट स्मार्ट क्यूआरको सुरुआतका अवसरमा प्रयोगकर्ताका लागि विभिन्न मल, डिपार्टमेन्ट स्टोर र रेस्टुरेन्टहरुमा १५ प्रतिशतसम्मको छुट अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत वालेट प्रयोगकर्ताले सेल्सबेरी, डेलीग्रोसरी, न्यु मार्टजस्ता डिपार्टमेन्ट स्टोर र ग्यापु, मुन्चा तथा इन्फी स्टोरजस्ता अनलाइन स्टोरबाट १५ प्रतिशतसम्मको छुट पाउनेछन्। यसका अलावा काठमाण्डां उपत्यकाभित्रका ५० भन्दा बढी रेस्टुरेन्टमा समेत वालेट प्रयोगकर्तालाई १० प्रतिशत छुटको सुविधा रहेको स्मार्ट च्वाइस टेक्नोलोजिजका कामु प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले जानकारी दिए।