काठमाण्डौ। एससीटीद्वारा सञ्चालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २०% देखि रु. ३०० सम्म क्यासब्याकको व्यवस्था मिलाइएको छ।
बत्तीसपुतली तीनधारास्थित पवन स्विट्स्, कमलादीस्थित सजनगोठ, दरबारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स्जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा ग्राहकले क्यासब्याक पाउन सक्नेछन्। यो अफर तिहारका अवसरमा नोभेम्बर २ देखि नोवेम्बर ११ तारिखसम्म लागू हुनेछ।
सहभागी स्टोरहरुमा कुनै पनि स्मार्ट क्यूआर नेटवर्कको सदस्य वालेट आईएमई पे, प्रभु पे, क्यू पे र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुनेछन्।
नेपालमा स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19