काठमाण्डौ । नेपाल टेलिकमले स्याङ्जा जिल्लाको करादीबजार र सोको आसपास क्षेत्रलाई समेटने गरी जीएसएम सेवाको विस्तार गरेको छ।
करादीबजार र आसपासको क्षेत्रलाई समेट्ने गरी विस्तार गरिएको उक्त सेवामार्फत बजारमा रहेका ९८ घरधुरी तथा सिद्धार्थ राजमार्गमा यात्रा गर्ने हजारौँ यात्रु प्रत्यक्ष रुपमा लाभान्वित हुने नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रदेश प्रमुख सुरेन्द्रमान सिंहले बताए।
करादी बजार गल्याङ नगरपालिकाअन्तर्गत सिद्धार्थ राजमार्गमा अवस्थित एक व्यापारिक केन्द्रसमेत हो। त्यस्ता केन्द्रहरुमा मानिसको चाप बढी हुने र नेपाल टेलिकमको सेवाबाट बन्चित हुने अवस्था देखिएकाले सोको समाधानका लागि सेक्टर एक्सपान्सनमार्फत करादी बजारमा जीएसएम सेवा विस्तार गरिएको नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका कार्यालय प्रमुख रवि मानन्धरले बताए।
त्यसैगरी हाल जीएसएम प्रविधिमार्पmत वायरलेस सेवा प्रदान गरिएपनि निकट भविष्यमै सोही ठाउँबाट वायरलाइन सेवाअन्तर्गत उच्च गतिको हाई स्पिड फाइबर इन्टरनेट, एनटी टेलिभिजन र पीएसटीएन ल्यान्डलाइन सेवासहितको ट्रिपल प्ले सेवा उपलब्ध गराइने गरी कार्य गरिएको नेपाल टेलिकम गल्याङका कार्यालय प्रमुख रामराज उपाध्यायले बताए। उनका अनुसार यो सेवामार्फत वायरलेस र वायरलाइन दुवै सेवा एकै स्थानबाट उपलब्ध गराउन सकिने गरि सञ्चालन गरिएको हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19