काठमाण्डौ । आधकारिक रुपमा कोरोनाभाइरसको प्रकोपबाट मुुक्त भएको घोषणा गर्ने स्लोभेनिया युुरोपकै पहिलो देश बनेको छ।
स्लोभेनियाको सरकारले शुुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको महामारीबाट मुुक्त भएको घोषणा गरेको हो। स्लोभेनियाको नेसनल इन्स्टिच्युुट अफ पब्लिक हेल्थले जनमानसमा भाइरस फैलाउने सबै सूचकहरुमा गिरावट आएको जनाएपछि सरकारले यस्तो घोषणा गरेको हो।
स्लोभेनियाको स्वास्थ्य मन्त्रालयका अनुुसार त्यहा बिहीबार कोरोनाको जम्मा एउटा केसमात्रै देखा परेको थियो। मन्त्रालयका अनुुसार पछिल्लो दुुई सातामा स्लोभेनियामा जम्मा ३५ वटा नयाँ कोरोना संक्रमणका घटनाहरु देखिएका थिए।
त्यस्तै स्वास्थ्य अधिकारीहरुले भाइरसको प्रजनन अंक अर्थात “आर” रेटिङ (आर ०) १ भन्दा तल रहेको बताएका छन्। आर रेटिङ एकभन्दा कम हुुनुु भनेको संक्रमितले १ भन्दा कम मानिसलाई भाइरस सार्नुु हो।
स्लोभेनियाका प्रधानमन्त्री जानेज जान्साले बिहीबार देशको संसदलाई सम्बोधन गर्दै स्लोभेनियामा युरोपकै सबैभन्दा उत्तम महामारीको तस्बिर देखिएको बताएका थिए। उनले कोरोनाको नियन्त्रण र रोकथाममा देशले युुरोपका अन्य देशहरु भन्दा राम्रो काम गरिरहेको बताएका थिए।
कोरोनामुुक्त भएको घोषणा गरे पनि स्लोभेनियन सरकारले रोकथाम र नियन्त्रणका उपायहरु जस्तै परीक्षण, कन्ट्याक ट्रेसिङ र सार्वजनिक भेला हुुन प्रतिबन्धहरुलाई मे ३१ सम्मका लागि लागू गर्ने स्पष्ट पारेको छ। यसका साथै यो महिनाको अन्त्यसम्म आमजनतालाई बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन निर्देशिकासमेत जारी गरिएको छ।
संक्रमणको दर घटेपछि विदेशबाट आयात हुुने सामानहरुमा समेत केही खुुकुुलो गरिएको छ। पछिल्लो दुुई सातामा युुरोपियन युुनियन क्षेत्र छोडेर बाहिर नगएका ईयू क्षेत्रका नागरिकलाई स्लोभेनिया प्रवेशका लागि क्वारेनटाइनमा बस्नुु पर्ने छैन। तर अन्य देशका नागरिकले स्लोभेनिया प्रवेश गर्नुु परे अनिवार्य रुपमा १४ दिनको क्वारेनटाइनमा बस्नुुपर्ने प्रावधान गरिएको छ।
२० लाख जनसंख्या भएको स्लोभेनियाको सिमाना इटली, अस्ट्रिया, हंगेरी र क्रोएसियासँग जोडिएको छ। स्लोभेनियामा अहिलेसम्म १ हजार ४६४ जना कोरोनाबाट संक्रमण भएका छन्। मृत्युु हुुनेको संख्या १०३ रहेको छ। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19