काठमाण्डौ । नेपाल सरकार र स्विट्जरल्यान्डबीच स्वदेश फर्किएका आप्रवासी नेपाली कामदारलाई पुनःएकीकरण गर्ने सहमति भएको छ।
स्वदेश फर्किएका आप्रवासी कामदारलाई पुनःएकीकरण गर्ने कार्यक्रम ‘रिइन्टीग्रेसन अफ रिटर्नी माइग्रेन्ट वर्कस (रेमी) प्रोग्राम’ फेज १ को कार्यान्वययनका लागि अर्थ मन्त्रालयका सहसचिव तथा अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वयन महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र नेपालका लागि स्विट्जरल्यान्ड राजदूतावासका व्यापार प्रबन्धक सिल्भाना हगले हस्ताक्षर गरेका हुन्।
यो कार्यक्रमको उद्देश्य स्वदेश फर्केका आप्रवासी कामदारहरुको आर्थिक र सामाजिक सबलता अभिवृद्धि गरी नेपालमा पुनर्स्थापित गर्न सहयोग गर्नु हो। आर्थिक अवसरमा पहुँच र सामाजिक पुँजी निर्माणमार्फत यो कार्यक्रमले कामदारहरुलाई नेपालमा पुनर्स्थापित गर्न सहगोग गर्नेछ।
यसअन्तर्गत स्वदेश फर्किएका आप्रवासी कामदारलाई सूचना, परामर्श, आर्यआर्जन कार्यको खोजका लागि विद्यमान आर्थिक अवसरहरुको जानकारी प्रदान, सामाजिक सम्बन्ध पुनस्र्थापना र मनोवैज्ञानिक अवस्था बलियो बनाई समाजमा पुनःएकीकरण गर्न सहयोग गरिनेछ।
कार्यक्रमले सरकारका तीनवटै तहमा पुनःएकीकरणका विषयमा नीतिगत रुपरेखा विकास र कार्यान्वयन गर्न सहकार्य गर्नेछ।
प्रदेश नं. १ र मधेश प्रदेशमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र प्रादेशिक र स्थानीय सरकारसँगको सहकार्यमा यो कार्यक्रम लागू गरिनेछ। यो कार्यक्रमको कुल बजेट ६.८ मिलियन स्विस फ्रांक अर्थात ८६ करोड १३ लाख नेपाली रुपैयाँ रहेको छ। यस कार्यक्रममार्फत प्रदेश नं. १ र मधेश प्रदेशका ९० हजार मानिस लाभान्वित हुनेछन्।
यी दुई प्रदेशका २० स्थानीय तहमा यो कार्यक्रम लागू हुनेछ। यो कार्यक्रमलाई रेडबुकमा रेकर्ड गरिनेछ र स्थानीय तहहरुमा कार्यान्वयन गरिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago