 
                     
                                
                             
                                    काठमाण्डौ । काभ्रेपलान्चोक स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा स्वरोजगार लघुवित्तका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत मनोज कृष्ण उप्रेती र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापश्चात स्वरोजगार लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी नेसनल पेमेन्ट स्विच (एनपीएस)अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ। यसअन्तर्गत स्वरोजगार लघुवित्तले एनसीएचएल–आईपीएस र आरपीएस÷कनेक्टआईपीएस प्रणालीहरुमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलनलगायतका विभिन्न संकलनका कारोबारहरु तथा तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानीलगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीका बैंक खाताहरु बीच सोझै गर्न सक्नेछ।
एनसीएच।एलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपीआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी÷पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरु लगायतका ८० भन्दा बढी गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।
स्वरोजगार लघुवित्त कम्पनी ऐन २०६३ बमोजिम लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित संस्था हो। यस संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलान्चोक जिल्ला बनेपा नगरपालिकमा रहेको छ। यस संस्था स्थापना गर्नुको मुख्य उदेस्य सामाजिक र आर्थीक रुपले पिछडिएका गरीब समुदायलाई समूहमा आबद्ध गरी वित्तीय सेवा प्रदान गरी उनीहरुको आर्थिक अवस्था सुधार गर्नु रहेको छ। राष्ट्रियस्तर कार्यक्षेत्र भएको स्वरोजगार लघुवित्तले आफ्नो सामूहिक नेटवर्कमार्फत लेन्डिङ मोडल पछ्याउंदै नेपालको ३६ जिल्लामा ९१ शाखामार्फत १ लाख ३० हजार घरधुरीलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19