काठमाण्डौ  । स्वरोजगार लुघवित्त वित्तीय संस्था लिमिटेडले अन्य कुनै वित्तीय संस्थासँग मर्जर र एक्विजिसनमा जाने प्रस्तावसहित विशेष साधारणसभाको आह्वान गरेको छ । 

काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको कम्पनीको हिजो आइतबार बसेको सञ्चालक समितिको १८९ औँ बैठकले साउन ११ गते विशेष साधारणसभाको आह्वान गरेको हो । 

कम्पनीले अन्य इजाजत प्राप्त कुनै एक वा एकभन्दा बढी उपयुक्त वित्तीय संस्थाहरुसँग आपसमा मर्जर हुने वा एक्विजिसन गर्ने प्रस्ताव साधारणसभामा गर्ने भएको छ ।

मर्जर र एक्विजिसनपछि हुन आउने पुँजीमा कम्पनीले सतप्रतिशत (१ः१) अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुने बताइएको छ ।