 
                     
                                
                             
                                    काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मास्क लगाउनुसँगै जोडिएको आफ्नो नयाँ गाइडलाइन सार्वजनिक गरेको छ।
डब्ल्यूएचओको नयाँ गाइडलाइनमा सामाजिक दूरी कायम हुन नसक्ने स्थानहरुमा अनिवार्य रुपमा मास्क लगाउन भनिएको छ। यसअघि गाइडलाइनमा स्वस्थ मानिसले मास्क लगाउनु नपर्ने भनिएको थियो।
नयाँ गाइडलाइनमा भीडभाड हुने सार्वजनिक स्थल, यातायात, शरणार्थी शिविर र बजार क्षेत्रमा जाँदा अनिवार्य रुपमा घरेलु (कपडा) को मास्क भए पनि लगाउन भनिएको छ। कपडाका सामान्य मास्क लगाउँदा पनि कोरोनाभाइरसको संक्रमणबाट बच्न केही हदसम्म सहयोग पुग्ने डब्ल्यूएचओले जनाएको छ।
यसअघि डब्ल्यूएचओले संक्रमित मानिसको नजिक नजाने वा संक्रमित मानिसबाहेक अन्यले मास्क नलगाए पनि हुने भनेको थियो। अहिलेको नयाँ गाइडलाइनमा भने स्वस्थ मानिसहरुले घरबाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाउन सुझाव दिइएको छ।
नयाँ गाइडलाइनमा ६० वर्षभन्दा माथिका मानिसले अनिवार्य रुपमा मेडिकल ग्रेडेड मास्क लगाउन सल्लाह दिइएको छ। – एजेन्सी
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19