काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओ बाँडफाँड भएको छ ।
निश्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच आइपीओ बाँडफाँड गरिएको हो ।
यो कम्पनीले निश्कासन गरेको आइपीओ १० कित्ताको दरले १८ हजार ५५८ जनाले आइपीओ पाएका छन् । यस्तै, २० कित्ता देखि ५००० कित्तासम्मको लागि आवेदन दिने मध्ये गोलाप्रथाबाट ७ जनाले थप १ कित्ता शेयर पाएका छन् । बाँकी ३ लाख ८ हजार ९२८ आवेदकको हात रित्तो भएको छ ।
यो कम्पनीले बैशाख २७ गतेदेखि ३१ गतेसम्म आइपीओ निश्कासन गरेको थियो । सर्वसाधारणका लागि सुरक्षित गरिएको १ लाख ८५ हजार ५८७ कित्ता खरीदका लागि ३ लाख २७ हजार ७१६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये २३० आवेदन रद्ध भएका थिए ।
सद्धर आवेदक ३ लाख २७ हजार ४८६ आवेदकबाट ६० लाख २४ हजार ७६० कित्ता खरीदका लागि आवेदन दिएका थिए ।
स्वाभिमान माइक्रोफाइनान्सको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । आइपीओपछि कम्पनीको चुक्तापूँजी ६ करोड १८ लाखको उचाईमा पुगेको छ ।
यो माइक्रोफाइनान्सको मुख्य कार्यालय रुपन्देहीको तिलोत्तमा ६, मणिग्राममा रहेको छ ।
आइपीओको पूर्ण रिजल्ट बिजशालामा प्रकाशित हुनेछ । भिजिट गर्दै गर्नुहोस् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago