काठमाण्डौ । स्वाभिमान माइक्रोफाइनान्सको सेयर नेप्सेमा सूचिकरणसँगै भोलिदेखि कारोबारमा आउने भएको छ । 

यो कम्पनीको ६ लाख १८ हजार ६१० कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । 

नेप्सेमा सेयर सूचिकरणसँगै कम्पनीको सेयर कारोबार मंगलबार(भोलि)देखि हुने भएको छ । 

कारोबारका लागि नेप्सेले यो कम्पनीलाई सर्वसाधारण समूहतर्फको सेयरलाई एसएमएफबीएस(SMFBS) र संस्थापकलाई एसएमएफबीएसपी(SMFBSP) संकेत प्रदान गरेको छ । 

योसँगै कम्पनीलाई नेप्सेले सुरुवाती कारोबार रेञ्ज समेत प्रदान गरेको छ । जसअनुसार स्वाभिमान माइक्रोफाइनान्सको सेयर दोश्रो बजारमा कम्तीमा ९१.८४ रुपैयाँदेखि अधिकतम २७५.५२ रुपैयाँमा कारोबार गर्न सकिनेछ । 

मंगलबार प्रिओपन सेसनमा कारोबार भएपछि मात्र कम्पनीको सेयर नियमित कारोबारमा आउनेछ । 

स्वाभिमान माइक्रोफाइनान्सले बैशाख २७ गतेदेखि सर्वसाधारणका लागि १ लाख ९८ हजार ६१० कित्ता आइपीओ निश्कासन गरेको थियो । आइपीओमा अचाक्ली आवेदन परेको थियो ।