काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरेको लाभांश सुृरक्षित गर्ने आज बिहीबार अन्तिम मौका रहेको छ ।

संस्थाले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि भोलि शुक्रबारदेखि बुक क्लोज गर्दैछ । त्यसैले साधारणसभामा भाग लिन र लाभांश प्राप्तिका लागि योग्य हुन आजसम्म सेयरधनी कायम हुनुपर्नेछ । 

संस्थाले आफ्नो तेस्रो वार्षिक साधारणसभा रुपन्देहीको बुटवलस्थित डार्सिज इन्टरनेसनल होटलमा यही माघ १० गते गर्दैछ । सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव कुल २५.२७ प्रतिशत लाभांश पारित हुनेछ। जसमा २४ प्रतिशत बोनस शेयर र १.२७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड १८ लाख रुपैयाँ छ । प्रस्तावित २४ प्रतिशत बोनस वितरणपछि लघुवित्तको चुक्ता पूँजी ७ करोड ६७ लाख ७ हजार ६४० रुपैयाँ पुग्नेछ ।

सभामा बोनस शेयर वितरणपश्चात कायम हुन आउने जारी तथा चुक्ता पूँजीको ३३.३३ प्रतिशत अर्थात ३ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित हुनेछ ।