काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई बम्पर लाभांश प्रस्ताव गरेको छ ।

संस्थाको हिजो बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुका लागि ४० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार ४०० रुपैयाँको २६ प्रतिशतले हुन आउने बोनस सेय र १४ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) सेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ ।