काठमाण्डौ। चीनपछि अहिले बाँकी विश्वमा तीव्रगतिमा फैलिरहेको कोरोना भाइरसको रोकथाम र बचाउका लागि ह्यान्ड सेनिटाइजरको माग विश्व बजारमा अत्यधिक बढेको छ।
सेनिटाइजरको बढ्दो माग धान्न डिस्टेलरी अर्थात पेय पदार्थ बनाउने कम्पनी ह्यान्ड सेनिटाइजरको कारोबार गरिरहेका छन्। यस्तैमा फ्रान्सको लग्जरी गुुड्स समूह एलभीएमएचले अस्पतालको बढ्दो सेनिटाइजरको माग धान्न आफ्नो परफ्युुम कारखानालाई ह्यान्ड सेनिटाइजर बनाउने कारखानामा परिणत गरेको छ।
त्यस्तै ब्रुुकलिनस्थित न्युुयोर्क डिस्टिलाइजिङ कम्पनीले ह्यान्ड सेनिटाइजरको कारोबार सुुरु गरेको छ। वासिङ्टनका एक व्यक्ति जो डिस्टिलरी कम्पनी मिक्सोलोजिस्टमा काम गर्थे उनले पनि सेनिटाइजर बनाउन सुुरु गरेका छन्। कम्पनीले नरिवलको तेल र चियाका रुखको बोक्रा प्रयोग गरेर सेनिटाइजर बनाएको जनाएको छ।
अमेरिकाका अन्य कम्पनीले पनि बढ्दो सेनिटाइजरको मागलाई ध्यानमा राखेर यसको उत्पादनमा जोड दिइरहेका छन्। बजार नखोजिरहनुुपर्ने र उत्पादन पनि छोटो अवधिमै बिक्री भइहाल्ने आफूहरु सेनिटनइजरको उत्पादनतर्फ आर्कषित भएको कम्पनीहरुले जनाएका छन्।
कोरोनाले एकातिर विश्वको आर्थिक अवस्थालाई तहसनहस बनाउनुुका साथै हजारौँको ज्यान लिँदैछ भने अर्काेतिर स्वास्थ्य क्षेत्रमा व्यवसायको नयाँ ढोका खुुलाउँदैछ। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago