काठमाण्डौ । गत २४ घण्टामा देशभर १ हजार ९५४ कोरोना संक्रमित थपिएका छन् ।
देशभर गरिएको ८ हजार २४८ पीसीआर परीक्षणका क्रममा १ हजार ९५४ जनाको रिपोर्ट पोजिटिभ आएको हो । योसँगै हालसम्म नेपालमा कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ९८१ संक्रमित डिस्चार्ज भएका छन् । योसहित निको हुने कुल संक्रमितको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । नेपालमा निको हुने दर ७५.०४ प्रतिशत पुगेको छ । यसरी हाल देशभर ३९ हजार ६४३ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टाभित्रमा काठमाण्डौमा ६९६, ललितपुरमा ११८ र भक्तपुरमा ४६ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर थप ११ संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ८८७ पुगेको छ ।
यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन अपरान्ह ४ः१५ बजे गर्दै आएको नियमित प्रेस व्रिफिंग अब साताको २ दिन मात्र गर्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अब साबिककै समयमा आइतबार र बुधबार मात्र प्रेस अपडेट हुनेछ । बाँकी ५ दिन मन्त्रालयले अपरान्ह ४ः३० बजे वेबसाइट, भाइबर, फेसबुक पेज र हाम्रो स्वास्थ्य एपमार्फत दैनिक संक्रमित, डिस्चार्ज र मृत्युको डेटा अपलोड गर्नेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago